|  

अखिल क्रान्तिकारी गजुरी गाउँपालिकाको कमिटीको अध्यक्षमा विश्व अधिकारी

२० भाद्र २०७८, आईतवार २१:१३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


अखिल क्रान्तिकारी गजुरी गाउँपालिका स्तरीय कमिटीको अध्यक्षमा विश्व अधिकारी निर्वाचित हुनुभएको छ । शनिबार भएको गाउँपालिका स्तरीय प्रथम सम्मेलनले अधिकारीको अध्यक्षतामा ३५ सदस्यीय कमिटी निर्वाचित गरेको हो । उपाध्यक्षमा अप्सरा सिलवाल, आकाश भण्डारी, अञ्जली ढुङ्गाना सचिवमा विष्णु पुकार श्रेष्ठ, सह–सचिवमा मन्दिरा अधिकारी, सुजन मगर, रञ्जित सुनार, रविन्द्र तामाङ र कोषाध्यक्षमा सृष्टि मगराती निर्वाचित हुनभएको हो ।

कार्यक्रममा अखिल क्रान्तिकारी धादिङका संयोजक उपेन्द्र जम्कट्टेल लगायत नेकपा(माओवादी केन्द्र)का गजुरी गा पा को इन्चार्ज तारा भण्डारी , गा पा अध्यक्ष  सुर्य तामाङ , दुर्लभ तामाङ लगायत स्थानीय नेताहरु र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

२० भाद्र २०७८, आईतवार २१:१३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस