|  

आजको राशिफल

९ श्रावण २०७८, शनिबार ०७:१९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


वि.सं.२०७८ साल साउन ०९ गते । शनिवार । ईश्वी सन् २०२१ जुलाई २४ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । आषाढ शुक्लपक्ष । तिथि– पूर्णिमा, ०८ बजेर ०१ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र– उत्तरषाढा,१३ बजेर ३७ मिनेट उप्रान्त श्रवण । योग– बिष्कुम्भ, ०७ बजेर ४२ मिनेट उप्रान्त प्रिती । करण– बव,०८ बजेर ०१ मिनेट उप्रान्त बालव, १९ बजेर १२ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–राक्षस योग । चन्द्रराशि–मकर । काठमाडौंमा सूर्योदय ०५ बजेर २३ मिनेट,सूर्यास्त १८ बजेर ५५ मिनेट । दिनमान ३३ घडी ५२ पला । गुरुपूर्णिमा, गुरुव्यासपूजा, दक्षिणामूर्ति पूजा, मन्वादि, दिलापून्हि, भ।पु।वीरनदी स्नान,मानसव्रतारम्भ ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) माया प्रेमको डोरो कसिने तथा परिवारका साथ घरमै बसेर मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । पढ्ने लेख्ने काममा थोरै समय दिएपनि भनेजस्तो नतिजा हात पार्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनतको काम गर्न सकिने हुनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि हुनेछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो प्रगती गर्न सकिने हुनाले मन प्रशन्न हुनेछ । राजनीतिज्ञले जनताको काम गरी पद प्राप्त गर्ने समय रहेकोछ । प्र्रेमील जोडीहरुका लागी समय उत्तम रहेकोछ । सामाजिक तथा परोपकारी काममा मन जानेछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) व्याक्तिगत स्वास्र्थ तथा वैराग्यभाव त्यागेर अगाढ बढ्नुहोला । सवारी साधन तथा भौतिक सम्पतीको प्रयोग गर्दा बिशेष सावधानि अपनाउनु होला । आलश्य तथा थकानको अनुभूति हुनेछ भने दिनभर परिश्रम गरेपनि न्यून उपलब्धी हासिल हुनेछ । अध्ययनमा अलि बढिनै समय खर्चदा मात्र नतिजा हात पार्न सकिनेछ । प्रेममा धोका हुनसक्छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) प्रेमको बन्धन कसिलो हुने तथा जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । प्रविधिको प्रयोग मार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ । ईष्टमित्र तथा सहयोगीले साथ दिनेहुँदा दैनिकी सहज रुपमा बित्नेछ । भौतिक स्रोत साधनको प्रयोग गरी अपडेट हुन सकिनेछ । तरपनि बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अरुको सहयोग पाईने तथा आफन्तको बिश्वास जितेर काम गर्न सकिने हुनाले मन प्रशन्न हुनेछ । विवाद,प्रतिस्पर्धामा तपाईको जित निश्चित रहेकोछ । अध्ययनमा मन जानेछ भने भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहने जोडीहरुका लागी समय उत्रम रहेकोछ । साहशिलो काम गरेर लाभ लिन सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) अध्ययनमा भनेजस्तो उपलव्धि हासिल गर्न सकिनेछ भने प्रविधिको प्रयोग मार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेकोछ । ग्रामीण वा शहरी भेगमा गरिने कृषि तथा पशुपालन व्यावसायबाट मनग्गे धन लाभ हुनेछ । सामाजिक काम गरि नाम कमाउन सकिनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) मन परेको मानिससँग टाडिनु पर्दा मनमा छटपटी र अशान्ति छाउनेछ । अन्य व्यापारमा मन्दी आउने भएपनि कृषि तथा सहकारी व्यावसाय फस्टाएर जानेछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । साथिभाई तथा आफन्तसँग मनमुटाव बढ्ने योग रहेकोछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन पाईनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाई वा लेखहरु जनमानसमा लैजान सकिनेछ । लगनशिलताको साथ गरीने कामको उच्च मुल्याङकन हुनेछ । दाजुभाई तथा छिमेकीसँगको सम्बन्ध सुधार गर्दै नयाँ कामहरु गर्न सकिनेछ । प्रतिस्पर्धीहरु सहयोगी बन्नेछन् भने कुनैपनि प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । पढाइ लेखाइमा मन जानेछ भने पढाइकै सवालमा यात्रा हुनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । बिभिन्न अवसरको सदुपयोग गर्दै मनग्गे भनेजस्तो लाभ लिन सकिनेछ । आफन्त तथा कुटुम्बसँगको बसाईमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । अध्ययनमा तपाईँको नाम अग्र स्थानमा आउनेछ भने माया प्रेममा सामिप्यता बढेर जानेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) विशेष अवसरमा आकर्षक उपाहार प्राप्त हुनेछ । दैनिक उपभोग्य बस्तु , औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । ईमान्दारिता र मेहनेतले आत्म विश्वासमा बृद्धि हुनेछ । अध्ययनमा भनेजस्तो प्रगती गर्न सकिने हुनाले ज्ञानको भण्डार बढ्नेछ । प्रेममय वातावरणमा समय व्यातित गर्न पाउदा मन हर्सित हुनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) आफन्त तथा साथी भाईबाट टाडिनु पर्दा मन खिन्न हुनेछ । धोका दिने तथा आषा देखाउनेहरु सक्रिय हुनेछन् । कार्यक्षेत्रमा आलोचना गर्नेहरुबाट सजक रहनुहोला । स्वास्थ्यको ख्याल गर्नुहोला औषधी उपचार खर्च बढ्नेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछी परिनेछ । तरपनि काम वा अध्ययनको सवालमा विदेशी भूमिमा हुनुहुन्छ भने समय फलदायी रहनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आम्दानीका बिभिन्न स्रोतहरु फेला पार्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुले नयाँ ठाउँको भ्रमण गरी दिनलाई फलदायी बनाउनेछन् । अध्ययनमा थोरै मेहनेतले राम्रो सफलता हात पार्न सकिनेछ । अग्रहरुको धन तथा सम्पतिको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाई वा लेखहरु जनमानसमा लैजान सकिनेछ ।

तपाईँको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

९ श्रावण २०७८, शनिबार ०७:१९  मा प्रकाशित

यो पनि पढ्नुहोस:

आजको राशिफल

फेसबुकबाट कमेन्ट दिनुहोस