|  

आजको राशिफल

३ आश्विन २०७८, आईतवार ०७:१२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


आज २०७८ साल आश्विन महिनाको ३ गते आइतबार, भाद्र शुक्लपक्षको चतुर्दशी तिथि । आज अनन्त चतुर्दशी रहेको छ । साथै आज संविधान दिवस तथा कुमारी इन्द्रयात्रा रहेको छ ।

मेष
मनमा भारी निराशाले सताउने छ । प्राप्त उपलब्धिहरुमा पनि खुशी हुन सकिने छैन् । बोलीमा कडापन आउँदा पारीवारिक जीवनमा द्वन्द देखा पर्ने छ ।सामान ढुवानी गर्ने सवारीसाधन, भाडाका सावारीसाधन, निर्माण सामग्री, विकास निर्माणका कामहरु, ठेक्कापट्टा, श्रमिक क्षेत्र, स्वास्थ्य सामानका आपूर्ति जस्ता क्षेत्रमा आवद्धहरुलाई समय फाइदा हुने खालको छ ।

वृष
दृढ खालको व्यक्तित्व हुने छ । प्रेम रोमान्समा सफलता मिल्ने छ । दाम्पत्य जीवनमा जीवनसाथिको प्यार र प्रेम पाइने छ । व्यवस्थापकीय कलामा बढोत्तरी हुने छ । रिस भने अलि धेरै उठ्ने भएकाले यस बारेमा विचार पुर्याउनु होला । व्यापार, विजनेश, वाणिज्य, कारोवार, एजेन्टिङ्ग जस्ता क्षेत्रमा सक्रियहरुलाई फाईदा हुने छ ।

मिथुन
मनमा दुविधाले सताउने छ । धन सम्पत्तिको विषयमा मुद्धा मामिला तथा अड्डा अदालत धाउनु पर्ने समय सक्रिय रहेको छ । पारीवारिक जीवनमा द्वन्द देखा पर्ने भएकाले संयमित रहनु होला । पेशागत जीवन भने शुभ रहने छ । दृढ व्यक्तित्व हुने भएकाले कसैले पनि हेप्न सक्ने छैनन् ।

कर्कट
साझेदारीमा गरिएका काममा द्वन्द बढ्ने छ । सम्पत्ति तथा सञ्चित रहेको धन सम्पत्तिामा नोक्सानी हुने समय सक्रिय देखिएकाले यस विषयमा ध्यान दिनु होला । शारीरिक थकान र कमजोरी पनि उत्तिकै देखा पर्ने भएकाले यसबारेमा विशेष ध्यान दिनु होला । कमजोर मनोबल हुने छ ।

सिंह
पेशागत जीवनमा कदर र उन्नति हुने छ । पेशाप्रति प्रतिबद्ध हुने व्यक्तित्व हुने भएकाले पेशागत स्थिरता कायम हुने छ । साझेदारीमा गरिएका काममा भने द्वन्द चर्किने जाने छ । शारीरिक सुखको अभाव हुने छ । प्राप्त भइरहेको सुखका संयन्त्रहरु गुम्ने चुनौति देखिन्छ ।

कन्या
भाग्यको साथ रहेकाले आँटेका कामहरु पुरा हुने छन् । आम्दानीका लागि छोटो–छोटो यात्रा गर्नुपर्ने छ । तर आम्दानी सोच जस्तो नहुँदा मनोबलको कमि हुन जाने छ वा कमजोर मनोबलका कारण आम्दानीमा हुनु पर्ने जति प्रगति हुने छैन् । मेहनत र पराक्रमी हुन मन लाग्ने छ ।साझेदारीमा गरिएका काममा भने समस्या देखा पर्ने छ ।

तुला
बोलीमा नरमपना देखा पर्ने छ । आफ्नो कर्म र पेशा व्यवसायका प्रतिफलहरु परिवारप्रति समर्पित गर्ने स्वाभावमा भारी बृद्धि हुने छ । यसले पारीवारिक जीवनमा खुशीयाली ल्याउने छ । तर पेशागत जीवनमा भने केही अस्थिरताको सामना गर्नु पर्ने हुन्छ । व्यवस्थापकीय क्षमतामा कमि आउँदा देखिएका जटिलता समाधान गर्न उपयुक्त जुत्तिको अभाव हुने छ ।

वृश्चिक
मनमा सकारात्मक भन्दा नकारात्मक विचारले घेर्ने भएकाले जीवन र जगतलाई सकारात्मक नजरबाट पनि हेर्ने प्रयास गर्नु होला । भाग्यहिनताको अभाष भइ रहने छ । समय धैर्य हुनु पर्ने खालको छ । अन्योलताले सताउने छ । चाहिने ठाउँमा आवश्यक बुद्धि आउने छैन् ।

धनु
पारीवारिक जीवन शुभ रहने भएता पनि बोलीमा देखिने कडापनका कारण प्रिय भने बन्न जाने छैन् । मनमा दुविधा नै दुविधाले डेरा जमाउने हुँदा निराशा बढ्न जाने छ । साझेदारमिा गरिएका कामहरुमा बिबाद देखा पर्ने छ । शरीर अत्यन्त कमजोर हुने र थाई धेरै लाग्ने छ । समय धैर्य भएर अघि बढ्नु पर्ने खालको छ ।

मकर
आम्दानी प्रति प्रतिबद्ध हुन मन लाग्ने छ । जीवनसाथिको सल्लाहमा गरिने कामले लाभ दिने छ । तर दाम्पत्य जीवनमा यसबाहेकका अन्य विषयमा भने द्वन्द देखा पर्ने छ । दृढ खालको व्यक्तित्व हुँदा हुँदै परि रिस भने असाध्यै बढि हुन पुग्ने छ । मन दृढ हुन जाने भएकाले कसैले पनि पेल्न सक्ने छैनन् । साझेदारीमा गरिएका कामहरुमा कठिनाई देखा पर्ने छ ।

कुम्भ
पेशागत जीवनमा प्रतिष्पर्धीहरु वा विरोधीहरुले पेल्ने प्रयास गर्ने भएकाले संयमित रहनु होला । प्रतिष्पर्धात्मक क्षमताको कमि हुने छ । बोलीको प्रभाव पनि कमि आउने छ । बौद्धिक क्षमतामा बृद्धि हुने छ । तर सो अनुसारको पेशागत जीवन मजबुद नहुँदा मनमा निराशाका क्रम देखिने छ ।

मीन
भाग्यको साथ रहेकाले आँटेका कामहरु अघि बढ्ने छन् । तर पेशागत जीवनमा भने अबरोधहरु देखिन जाने छ । पेशागत जीवनमा सन्तुलित भएर पाइला चाल्नु पर्ने देखिन्छ । अध्ययन अध्यापनमा त्यति मन लाग्ने छैन् । आम्दानीमा केही बृद्धि हुने छ । धेरै जोखिमका काममा आवद्धहरुले संयमित रहनु पर्ने देखिन्छ ।

३ आश्विन २०७८, आईतवार ०७:१२  मा प्रकाशित

यो पनि पढ्नुहोस:

आजको राशिफल

फेसबुकबाट कमेन्ट दिनुहोस