यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
राजन अधिकारी/धादिङः
वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले मण्डले शैलीमा कार्यकर्ता परिचालन गरेको र पुर्वपञ्चहरुकै शैली टिपेर नारायणहिटीमा आमसभा आयोजना गरेको नेकपाका युवा नेता योगेश भट्टराईले बताएका छन् । शुक्रवार धादिङमा आयोजीत प्रतिगमन विरुद्धको बिरोध सभालाई सम्बोधन गर्दै पूर्व मन्त्री समेत रहेका भट्टराईले भने ‘अहिले केपी ओलीलाई पुर्वपञ्चहरुले साथ दिइरहेका छन्, उ बेलाको मण्डले प्रवित्तिकै झल्को दिने गरी ओलीका मण्डलेहरु ओली आई लभ यू भन्दै सहर घुमिरहेका छन् ।’
नेकपा ओली समूहको नारायणहिटी दरवार परिसरमा आयोजित आमसभालाई लक्षित गर्दै भट्टराईले भने, ’नारायणहिटी अगाडि जुन नाटक मन्चन भइरहेको छ केपी ओली समूहको त्यो अन्तिम नाटक हुनेछ । ‘यो कसैको हुकुमी बक्सिसबाट बनाएको संविधान होइन, जनताको रगत र पसिनासँग साटेर बनाएको संविधान हो, कोही कसैलाई सनक चढेकै भरमा संविधान च्यात्न पाइँदैन,’ नेता भट्टराईले भने ।
विरोधसभालाई नेकपाका नेताहरु राजेन्द्र पाण्डे, विष्णुपुकार श्रेष्ठ, गंगालाल तुलाधर लगायतले सम्वोधन गर्दै प्रधानमन्त्री ओलीको कडा आलोचना गरेका थिए । विरोध सभामा जिल्लाका १० हजार भन्दा माथिको संख्यामा उपस्थित रहेको नेकपा धादिङले जनाएको छ ।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)