|  

केपि ओलिको प्रतिउत्तरले कार्यकारी अध्यक्ष र अन्य नेताहरूलाई आरोप मात्रै लगाएको छ पार्टी को समस्या मा प्रबेशै गरेको छैन जम्कटेल

१३ मंसिर २०७७, शनिबार २२:०९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


नेपाल कम्युनिस्ट पाटीका केन्द्रिय सदस्य तथा वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कटेल सामाजिक संजालम लेख्दै पाटी अध्यक्ष केपि ओलिलाइ पुर्ववत अलग अलग हुदाको खोतलखातल गरेको प्रति असन्तुष्ट पोखेका छन । उहाले पहिला को कुरा गर्ने हो भने गणतन्त्र आउनु भनेको बयलगाडा चडेर पुगिन भनेर आयो भनी के गर्नु हुन्छ भनेर पनि प्रश्न गरे के गर्नु हुन्छ भनेर प्रश्न गरेका छन । यस्तो छ उहाले लेख्नु भाको सामाजिक संजालमा                                             नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आजको पार्टी सचिवालय को बैठकमा अदालती मुद्दाको शैलीमा बिद्दान अधिबक्ता हरू मार्फत लेखिएको प्रतिउत्तर पत्र प्रस्तुत गर्नु भएछ । प्रतिउत्तरपत्रमा पहिलो पार्टी एकता पछि लगाउने आरोप नपाएर पुर्बबत अलग अलग पार्टी हुदाँको खोलतखातल गरेको पाईयो । दोस्रो म पार्टी भन्दा माथि हो मेरो अधिनस्त पार्टी हो । तेस्रो मैले जे चाहन्छु त्यो गर्न पाउनु पर्दछ । चौथो मैले गरेको काम भ्रष्टाचार , अपहरण , राष्ट्रघात , पार्टी लथालिङ्ग सबै राम्र हुन्छन त्यसलाई राम्रो भनिदिनु पर्दछ । पाचौ बिगरेको सबै अरूले हो मेरो त कुनै दोष छैन छेटौ घुमाउरो भाषा मा थुप्रै धम्की ।यस्तै यस्तै ईतिहास खोतल्ने हो भने त नेपालमा गणतन्त्र ल्याउनु भनेको बयल गाडामा चठेर अमेरिका पुगिन्नछ भन्नु जस्तै हो भन्ने पनि आउला थुप्रै थुप्रै आउलान । यो प्रतिउत्तरले कार्यकारी अध्यक्ष र अन्य नेताहरूलाई आरोप मात्रै लगाएको छ पार्टी को समस्या मा प्रबेशै गरेको छैन केबल घमण्ड को प्रर्दशन मात्रै ।

१३ मंसिर २०७७, शनिबार २२:०९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस