बेइजिङ : चीनले वुहान राज्यमा एक सातामै एक हजार शय्याको अस्ताल बनाउँदैछ। अतिखतारनाक कोरोनाभाइरस संक्रमितको उपचारका लागि चीनले एक सातामै हजार शय्याको अस्पताल निर्माण गर्न लागेको हो।
जंगली जनावरबाट मानिसमा सरेको कोरोनाभाइरसबाट शुक्रबारसम्म चीनमा २५ जनाको मृत्यु भएको छ। चीनमा शुक्रबारसम्ममा आठ सयभन्दा बढी भाइरसबाट संक्रमित भएका सरकारी अधिकारीले जनाएका छन्।
चीनको केन्द्रमा रहेको वुहान राज्यमा धेरै संक्रमित छन्। सरकारले वुहान राज्यमा यो भाइरस अघिल्लो वर्षको अन्त्यतिरबाट फैलिन थालेको विश्वास गरेको छ।
चिनियाँ संचार माध्यमलाई उद्धृत गर्दै सिएनबिसीले जनाएअनुसार अस्पताल शहरको बाहिरी भागमा निर्माण गर्न लागिएको हो। कामदारहरू छुट्टी मनाउने बगैँचाको ताल वरपर अस्पताल निर्माण गर्न लागिएको हो। अस्पताल निर्माणका लागि स्थानीय कामदार खटिइसकेका सकेका छन्।
अस्पताल निर्माणका लागि ३५ डिगर र १० बुल्डोजर बिहीबार राति नै पुगिसकेका छन्। निर्माणाधीन अस्पतालमा कोरोनाभाइरस संक्रमितहरूको उपचारका लागि आवश्यक सम्पूर्ण सुविधा हुने छ। यो ठाउँमा अस्पताल बनाउन लागत भने धेरै लाग्ने बताइएको छ।
© Thahakhabar
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)