हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकामा जुवातास तथा घरेलु मदिरा बिक्रीबितरण निरुत्साहित गर्ने सहमति भएको छ । स्थानीय डाँडाखर्क टोल विकास संस्था, प्रहरी चौकी, जागरण आमा समूह र वडा कार्यालयले निर्णय कार्यान्वयनमा तदारुकता देखाएका हुन् । जाँडरक्सी खाएर सरकारी र गैरसरकारी कार्यालयमा जथाभावी बोल्ने, जहाँ पायो त्यहीं जुवाकै रुपमा तास खेल्नेजस्ता गतिविधि बढेपछि यस्तो निर्णय गरिएको हो । केही दिनअघि आमा समूहले स्थानीयको घरमा तास खेलिरहेका केही युवाहरुलाई तास खेलिरहेकै स्थानमा ताला लगाएर थुनेको थियो ।
जुवातास, जाँडरक्सी र कुरीतिविरुद्ध टोल विकास संस्था र आमा समूहलाई सक्रिय पार्ने काम भइरहेको गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तानले बताउनुभयो
स्थानीय जागरण आमा समूहले तास खेल्ने, तास खेलेको हेर्ने र घरेलुमदिरा उत्पादन गरी बिक्री गर्ने जोकोहीलाई ५ सय रुपियाँ जरिवाना गर्ने निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयन गर्ने गरी प्रहरी चौकी, आमा समूह, वडा कार्यालय र टोल विकास संस्थाका पदाधिकारीले प्रतिवद्धता जनाएको वडा अध्यक्ष पेमा लामाले जानकारी दिनुभयो । उहाँका अनुसार मंगलबारको सर्वपक्षीय बैठकमा निर्णय कार्यान्वयन गर्ने सहमतिमा हस्ताक्षर भएको हो ।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)