प्रदेश हव: सम्पादक
धुर्मुस सुन्तली फाउण्डेसनले चितवनमा बनाउन लागेको गौतमबुद्ध क्रिकेट रंगशालाका लागि धादिङको गल्छी गाँउपालिकाले बालुवा सहयोग गरेको छ । राष्ट्रिय गौरवको आयोजना भएकोले एक सय टिपर बालुवा सहयोग गरेको हो ।
यस अघिनै बालुवा सहयोग गर्ने प्रतिबद्धता गरिसकेको गाउँपालिका ले शनिबार बिहान धादिङबाट बालुवा लगेको हो। टोलीले रंगशाला निमार्ण स्थलमा पुगेर बालुवा हस्तान्तरण गर्न लागेको छ । रंगशाला निमार्णको लागि गाँउपालिकामा उत्खनित बालुवा सहयोग गरेको अध्यक्ष कृष्णहरि श्रेष्ठले बताए । बालुवा पुर्याउनका लागि जनप्रतिनिधि, टिपर व्यवसायी लगायतको टोली चितवन पुगेको छ ।
गाँउपालिकाले सहयोग गरेको बालुवा नेपाल टिपर तथा ढुवानी व्यवसायी समितिले निुशल्क ढुवानी गरेको छ । त्यस्तै सुदिपा ट्रेडिङ कम्पनी प्रालिले कर छुटको व्यवस्था गरेको छ ।
राष्ट्रिय झण्डासहित ब्यानर हालेर ल्याइएको उक्त टिपरलाई धादिङको सिमानामा जोडिएको इच्द्धाकामना गाँउपालिकाकी अध्यक्ष गिता गुरुङले स्वागत गरेकी थिइन् । भरतपुर महानगरपालिकाले आँपटारीबाट स्वागत गरेको थियो ।
धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुर महानगरपालिकाको वडा नम्बर १५ मा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निमार्ण गरिरहेको छ । सबैको सहयोग र समन्वयबाट निमार्णले गति लिएको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले बताए ।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)