|  

नेकपा (माओवादी केन्द्र)को वागमती प्रदेशको अध्यक्षमा गौतमको दावी, (को हुन् गौतम ?)

२६ मंसिर २०७८, आईतवार २०:५८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


नेकपा (माओवादी केन्द्र)को वागमती प्रदेशको प्रथम सम्मेलनमा देशकै पुरानो नेता दिनानाथ गौतमले अध्यक्ष पदको दावी गरेका छन् । गौतम सहित सिन्धुपाल्चोकका युवा नेता सरल सहयात्री र दोलखाका युवा नेता विशाल खड्काले पनि अध्यक्ष पदको दावी गरेका छन् ।

काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिका वडा नं. ५, पोखरी चौंरी निवासी गौतम पञ्चायत विरोधी आन्दोलनमा माओवादी आन्दोलनकै चर्चित नेता यानप्रसाद गौतम (आलोक)सँगै लागेका नेता हुन् भने युवा नेताद्वय सहयात्री र खड्का भने माओवादी जनयुद्धपछिका नेताहरु हुन् ।

केन्द्रिय स्तरदेखि आधारभूत वर्गसम्मको सजिलै पहुँच राख्ने सक्ने नेताको रुपमा परिचित गौतमको दावीलाई सम्मेलन प्रतिनिधिहरुले स्वभाविक ठानेका छन् । संघीयताको ढाँचामा पार्टीले संगठनात्मक स्वरुपको विकास गरेकोले गौतमको दावी बलियो समेत रहेको बताएका छन् ।

आलोकसँगै जनयुद्धको तयारीमा लागेका गौतम २०४६ सालपछि पार्टी एकता पश्चात बनेको नेकपा (एकता केन्द्र)को समेत शसक्त युवा नेताको रुपमा स्थापित भइसकेका थिए । अध्यक्ष प्रचण्ड (तत्कालीन अवस्थामा महामन्त्री प्रचण्ड) ले एकताको महाधिवेशनमा प्रस्तुत गरेको दिर्घकालीन जनयुद्धको रणनीतिलाई पारित गराउन समेत उनले महत्वपूणर् भूमिका खेलेको थिए । जनयुद्धको तयारीकर्ता, शुरुवातकर्ता र निरन्तर पहलकदमी लिँदै अघि बढने तत्कालीन नेताहरु मध्यमा गौतम एक हुन् ।

२०५२ साल फागुन १ गतेका दिन तेमाल गाउँपालिका वडा नं. ९ मुक्पाटारमा सामन्ती सुद्खोर माथिको पहिलो कार्वाहीमा समेत सहभागी भएका थिए । त्यस्तै माओवादी जनयुद्धको क्रममा २०५३ सालमा रामेछापको बेथान चौकी कब्जा गर्ने क्रममा शहिद तिर्थ गौतम कमाण्डर रहेकोमा दिननाथ गौतम (प्रसास)ले सह-कमाण्डरको भूमिकामा थिए । कमाण्डरको सहदाद हुनेवित्तिकै मोर्चाको सम्पूणर् कमाण्ड प्रयासले गरेका थिए ।

पूर्वाञ्चलकै साहसिक फौजी आक्रमणका सह-कमाण्डर प्रयासको तत्कालीन सरकारले टाउकोको मुल्य ४० लाख समेत तोकेको थियो भने गिरफ्तार गरेर वर्षौं वेपत्ता बनाईएका ज्यूँदा सहीदको रुपमा समेत पूर्वमा परिचित छन् । जनयुद्ध कालमा हालका बागमती प्रदेशका अधिकांश जिल्लाका सफल नेतृत्व गरिसकेका छन् ।

अर्का दुई युवा नेताहरुको समेत गुरु रहेको प्रयासलाई अध्यक्षमा सर्वसम्मत गराउन काभ्रेका नेताहरु लागेका छन् । काभ्रेबाट पदाधिकारीमा अध्यक्ष बाहेक अरु दावी नगर्ने निणर्य गर्दै काभ्रेली नेताहरु उनलाई अध्यक्ष बनाउन कम्मर कसेर लागेका छन् ।

हाल उनी चौंरीदेउराली गाउँपालिकाका अध्यक्ष समेत हुन् । जनताको आधारभूत समस्यासँग समेत एकाकर भएका प्रयास काभ्रेभरिकै जनताको प्यारो नेताको रुपमा चिनिन्छन् ।

त्यसैले वागमती प्रदेशको अध्यक्षमा अहिले नै नेता प्रयासको विकल्प खोज्न नहुने प्रतिनिधिहरुले बताउन थालेका छन् ।

२६ मंसिर २०७८, आईतवार २०:५८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस