यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
सिंहदरबारमा जेष्ठ सदस्यको हैसियतले झलनाथ खनालको अध्यक्षतामा बसेको आजको बैठकले विधिवत रुपमा संसदीय दलको नेता परिर्वतन गरेको हो। संसदीय दलको नेता चयन भएपछि प्रचण्डले सबै सांसदहरुलाई धन्यवाद दिएका थिए ।
बैठकअघि प्रचण्ड–माधव पक्षले आफू पक्षीय सांसद्हरुको हस्ताक्षर सङ्कलन समेत गरेको थियो । नेकपाको संसदीय दलका बहुमत सदस्य आफ्नो पक्षमा रहेको सो समूहको दाबी छ । ‘आज ११४ जना सांसदहरुको हस्ताक्षर संकलन भएको छ,’ सांसद् सोमप्रसाद पाण्डेले दाबी गरे ।
आजको प्रचण्ड–माधव पक्षको दलको बैठकमा कति सांसद उपस्थित हुन्छन् भन्ने चासोका साथ हेरिएको छ । पार्टीको केन्द्रीय समितिमा बहुमतमा रहेको प्रचण्ड–माधव पक्षले संसदीय दलमा पनि बहुमत सिद्ध गर्ने कसरतमा रहेको छ ।
दुवै पक्षले पार्टीको आधिकारिकता दाबी गरिरहेको बेला संसदीय दलमा कसको बहुमत छ भन्ने विषय पनि महत्त्वपूर्ण रहेको छ । उता, केपी ओली पक्षले आफूहरुसँग १ सयभन्दा बढी सांसदहरु रहेको दाबी गरिरहेको छ । प्रतिनिधिसभामा नेकपाका १७३ सांसदहरु रहेका छन् ।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)