यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
धार्के/धादिङ
विश्व शिक्षा नेपालको साझेदारी तथा एन्टिना फाउन्डेसन आर्थिक तथा प्राविधिक सहयोगमा प्रयास नेपाल धादिङले संचालन गरेको सक्रिय परियोजना अन्र्तगत थाक्रे गाँउपालिका र धुनिबेशी नगरपालिकामा बालश्रम मुक्त पालिका बनाउनको लागि संचालन हुन लागेको क्रियाकलापहरुको बारेमा समुदायमा आधारित संघ, संस्थामा आबद्ध १३ जना स्वयंसेवकहरुलाई सामाजिक र व्यवहार परिवर्तन संचार सम्बन्धि ३दिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ।
तालिममा सामाजिक र व्यवहार परिवर्तन संचार सम्बन्धि जानकारी, समुदायमा आधारित संस्था तथा सरोकारवालाहरुको विश्लेषण, सक्रिय परियोजनाको संचार रणनीति र सन्देश निर्माण सम्बन्धि बिषयवस्तुमा छलफल भएको थियो ।
थाक्रे गाँउपालिका र धुनिबेशी नगरपालिकामा संचालनमा रहेको ईट्टा उद्योगहरुमा श्रममा रहेका तथा श्रमको जोखिममा पर्न सक्ने १८ बर्ष भन्दा मुनिका बालबालिकाहरुलाई संचार अभियान मार्फत बालश्रम मुक्त पालिका बनाउन यस कार्यक्रमको आयोजना गरिएको हो।तालिममा एन्टिना फाउन्डेसन नेपालका कार्यक्रम संयोजक अरुण राईले सहजिकरण गर्नु भएको धार्केबाट रोशन नेपालले जानकारी दिनु भयो।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)