काठमाडौं : जनतासँग सिधाकुरा कार्यक्रमका प्रस्तोता पत्रकार रवि लामिछाने पक्राउ परेका छन्। पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा उनी पक्राउ परेका हुन्। उनको साथबाट पत्रकार युवराज कँडेलसमेत पक्राउ परेको काठमाडौं प्रहरी प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।
पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भनिएको भिडियो बुधबार सार्वजनिक भएको थियो। भिडियोमा पुडासैनीले लामिछानेसहित अर्का पूर्वसहकर्मी र एक युवती आफ्ना हत्यारा भएको गम्भीर आरोप लगाएका थिए।
न्युज २४ टेलिभिजनमा कार्यरत पत्रकार पुडासैनी यो टिभी छोडेर केही समयदेखि माउन्टेन टेलिभिजनमा काम गरिरहेका थिए। नुवाकोटका स्थायी बासिन्दा पत्रकार पुडासैनी साउन २१ गते मंगलबार चितवनको नारायणगढस्थित पोखरा बसपार्कको एक होटलमा झुन्डिएको अवस्थामा फेला परेका थिए।
पुडासैनीले अन्तिम भिडियोमा लामिछाने, न्युज २४ टेलिभिजनमा कार्यरत पत्रकार युवराज कँडेल र अस्मिता कार्की नामकी एक युवतीका कारण आफू आत्महत्या गर्ने अवस्थामा पुगेको दाबी गरेका छन्।
प्रहरीले मृतकको साथबाट बरामद भएको मोाइलसहितका सामग्रीको डिजिटल फरेन्सिक ल्याब रिपोर्टका आधारमा अनुसन्धानका लागि रविलाई नियन्त्रणमा लिएको हो। चितवन जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि प्रहरीले रवीलाई काठमाडौंको पानीपोखरीबाट पक्राउ गरेको हो ।
अन्नपूर्ण पोस्ट डटकम बाट
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)