|  

अखिल (क्रान्तिकारी)को केन्द्रिय सदस्यमा धादिङबाट उपेन्द्र जमकटेल चयन

२७ मंसिर २०७८, सोमबार १०:१७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) को केन्द्रिय सदस्यमा धादिङबाट उपेन्द्र जमकटेल चयन भएका छन् । असोज १४ देखि १८ सम्म काठमाडौमा भएको अखिल क्रान्तिकारीको २२ सम्मेलनले अध्यक्षमा पन्चा सिंहलाई चयन गर्दै सकिएको थियो । सोमबार बिहानै अध्यक्ष पन्चा सिंहले फेसबुक स्टाटस मार्फत केन्द्रिय सदस्यहरुको नामावली सार्वजनिक गरेकि छिन् ।

उनले सार्वजनिक गरेको विवरण अनुसार धादिङबाट जम्कटेल  केन्द्रिय सदस्य, विमल तमाङ बागमती प्रदेश उपाध्यक्ष र किरण सिंखडा प्रदेश सचिवमा चयन भएका हुन् ।

२७ मंसिर २०७८, सोमबार १०:१७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस