|  

अखिल नेपाल किसान संघ (क्रान्तिकारी ) थाँक्रे गठन, अध्यक्षमा शिव अर्याल चयन

१० आश्विन २०७८, आईतवार १५:५३ प्रकाशित
प्रदेशहब संवादाता

निर्देश अर्याल


धादिङ, थाक्रे:-
अखिल नेपाल किसान संघ (क्रान्तिकारी ) को थाक्रे गाउँपालिका स्तरीय प्रथम भेला सम्पन्न भएको छ। भेलाले शिब अर्यालको अध्यक्षतामा ४५ सदस्यीय गाउँपालिका कमिटी चयन गरेको छ। आईतबार महादेवबेसीमा सम्पन्न भेलाले अर्यालको अध्यक्षतामा अखिल नेपाल किसान संघ ( क्रान्तिकारी) को पालिका कमिटी गठन गरेको हो। कमिटीको उपाध्यक्ष धन कुमारी खत्री, कोषाध्यक्ष नानीबाबु तिवारी, सचिव बिर बहादुर तामाङलाई चयन गरेको छ। किसानहरूको भेलामा नेकपा माओवादी केन्द्र धादिङको नेता दिपक लामिछाने सुबोध को प्रमुख आतिथ्यता रहेको थियो। माओवादी केन्द्र थाक्रे गाउँपालिकाको पार्टी इन्चार्ज वाशुदेव बासकोटा, माओवादी केन्द्र थाक्रेको पार्टी अध्यक्ष यन्त्र बहादुर थापा जिन्दगी , नेताहरु भरत कोईराला,पुजन थापा, अर्जुन ओझा, राजु पौडेल, सावित्री सुबेदी लगायतको आतिथ्यता रहेको थियो।

१० आश्विन २०७८, आईतवार १५:५३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस