|  

अनेमसंघ(क्रान्तिकारी) थाक्रे गाउँपालिका स्तरिय कमिटी गठन, अध्यक्षमा सावित्री सुवेदी चयन

८ आश्विन २०७८, शुक्रबार १६:५२ प्रकाशित
निर्देश अर्याल

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


अखिल नेपाल महिला संघ (क्रान्तिकारी) थाक्रे गाउँ कमिटीको सम्मेलन सम्पन्न भएको छ। सम्मेलनले अध्यक्ष साबित्री सुबेदी , उपाध्यक्ष चन्चला राई, कोषाध्यक्ष जमुना अर्याल, सचिव भगवती शर्मा नेपाल,सह सचिव भवानी थापा, रहने गरि ४५ सदस्यीय अनेमसंघ (क्रान्तिकारी) थाक्रे गाउँपालिका स्तरीय कमिटी गठन गरेको छ।
नेकपा माओवादी केन्द्र धादिङको नेता दिपक लामिछाने सुबोधको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सम्मेलनमा माओवादी केन्द्र थाक्रे गाउँपालिका ईन्चार्ज बासुदेव बासकोटा, माओवादी केन्द्र थाक्रे गाउँपालिका पार्टी अध्यक्ष यन्त्र बहादुर थापा जिन्दगी , जुझारु युवा नेता पुजन थापा, अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य गंगोत्री चौलागाईं सिमाना , अनेमसंघ ( क्रान्तिकारी) धादिङको अध्यक्ष संगिता कडेल दिपाको बिशेष आतिथ्यता तथा स्थानीय महिलाहरुको उल्लेख सहभागितामा सम्मेलन सम्पन्न भएको छ।

८ आश्विन २०७८, शुक्रबार १६:५२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस