|  

अविरल बर्षाको कारण शङ्खरापुरको दर्जन बढी घर पहिलोको उच्च जोखिममा

२२ श्रावण २०७७, बिहीबार २०:४८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौ। काठमाडौको शङ्रखरापुर नगरपालिका वडा नंवर २ पहिरोको उच्च जोखिममा परेको छ। बुधबार परेको भारी बर्षाले एउटै टोलका १२ घर पहिरोको जोखिममा परेका हुन।

स्थानिय गोबिन्द दङ्गाल, यदुनाथ दङ्गाल, श्रीराम लामिछाने, नमराज लामिछाने, सिताराम द्ङ्गाल, दिपु तामाङ, कुमार सुवेदी, टङ्क प्रसाद दङ्गाल, हिरा बहादुर खड्का, गोबिन्द कार्की लगायतको घर पहिरोको उच्च जोखिममा परेको खबर छ । बुधबार रातिको पानीले अरु पनि पिडित छन। गोबिन्दको घर भन्दा ठिक माथी बिजुलिको खम्बा पल्टने स्थितिमा छ। यदि यो पल्टिहाले ३ ओटा घरमा क्षती हुने देखिन्छ। ” बुधवार रातिको पहिरोले घरपछाडिको छाप्रोमा रहेको घट्ट पुर्यो।’गोबिन्द दङ्गालले भने,’ घर माथि बिजुलिको खम्बा ढल्केर बसेको छ। जोखिम भयो,रात भरी सुतेनौ।” त्यस्तै, उनिहरुले खानेपानीको स्रोत रहेको कुवा समेत पहिरोले पुरेको छ। ‘नगरपालिकाका मेयर आयर फोटो खिचायर, आस्वासन दियर फर्केको पनि तीन दिन बिते’ स्थानिय भन्छन, ‘तर समस्या समाधानका लागि अहिलेसम्म कुनै ठोस कदम चालियको छैन।’ स्थानिय बासी सुरज दङ्गालका अनुसार श्रीराम लामिछानेको घर अगाडि करिब ३० मिटर अग्लो पहिरो गएको छ।’ घरको आगन पहिरोले तानिसक्यो,स्थानिय सरकार स्थानान्तरणका लागि कुनै ठोस कदम चाल्दैन।
दङ्गाल भन्छन, ‘वडाअध्यक्ष, नगरपालिका मेयर स्थानिय र बुद्दिजिबी अथवा अलि ठुला नेता आयको बेला पछाडी पछाडी कुद्छन। तत्काल बाल लगाउने स्थिती नभयपनी केही आपतकालीन योजना बनायर काम गर्नुपर्ने हो।’ पहिरोको जोखिम भएपनि सरकारको उपस्थिती नदेखिएपछि टोलबासीमा नैराश्यता छाएको छ

२२ श्रावण २०७७, बिहीबार २०:४८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस