|  

अवैध रुपमा संचालित घरेलु मदिरा र भट्टी प्रहरी द्वारा नष्ट 

१० भाद्र २०७६, मंगलवार १८:४२ प्रकाशित
राजन अधिकारी

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


राजन अधिकारी / गजुरी

गजुरी गाउँपालिका १ चालिसेेमा स्थानियले संचालन गरेको अवैध (लोकल रक्सी) घरेलु मदिरा र भट्टी प्रहरीले नष्ट गरेको छ । ईलाका प्रहरी कार्यालय गजुरी बाट खटिएको टोलिले चालिसे बजारमा लुकिछिपी संचालन गर्दै अाएको ८ वटा भट्टी र अनुमानित ३ हजार लिटर मदिरा नष्ट गरेको हो । मदिरा तयारी गर्दै गरेको अनुमानित २ सय लिटर कच्चा पदार्थ र मदिरा बनाउन प्रयोग गरिएको ३२ वटा प्लाष्टिकका भाँडा बरामद गरि ईलाका प्रहरी कार्यलय गजुरीमा ल्याई कार्यलय पछाडी स्थानिय जनप्रतिनिधिको रोवहरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यलय धादिङ ले जानकारी दिएको छ ।

१० भाद्र २०७६, मंगलवार १८:४२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस