|  

आजको राशिफल हेर्नुहोस्

१८ मंसिर २०७८, शनिबार ०८:३० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । वि.सं.२०७८ साल मंसिर १८ गते । शनिबार । ईश्वी सन् २०२१ डिसेम्बर ०४ तारिख । नेपाल संवत् ११४२ । राक्षस संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर कृष्णपक्ष । तिथि–औशी,दिउसो ०१ बजेर ५१ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–अनुराधा, बिहान ११ बजेर ५६ मिनेट उप्रान्त ज्येष्ठा । योग–सुकर्मा, बिहान १० बजेर ५६ मिनेट उपान्त धृति । करण–नाग, दिउसो ०१ बजेर ५१ मिनेट उप्रान्त किंस्तुध्न, रातको १२ बजेर ४० मिनेट उप्रान्त बव । आनन्दादिमा–अमृत योग । चन्द्रराशि–बृश्चिक । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४१ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०६ मिनेट । दिनमान २६ घडी ०५ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) : व्यापारमा लगानी गरेपनि तत्काल फाइदा हुनेछैन । आफ्नो काममा भन्दापनि अरुकै काममा समय व्यातित हुनेछ । महत्वकांक्षी योजनाहरु पुरा गर्न निकै संघर्ष गर्नुपर्नेछ । आफन्त तथा घरपरिवारका सदस्यहरुसँग राय बाजिनेछ । माया प्रेममा धोका तथा विश्वासघात हुनेछ । पढाइलेखाइमा मन नजाँदा अरुभन्दा पछि परिनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) : माया प्रेममा नजिक हुन सकिने तथा मन मिल्ने साथी भेटिनेछ । व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने भौतिक सम्पती तथा विलाशी वस्तु उपाहारको रुपमा प्राप्त हुनेछ । अध्ययनमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ भने लामो दुरिको यात्रा हुनेछ । परिवारका साथ रमाईलो जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) : प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनार लगाउँदै नतिजा आफैँतिर ल्याउन सकिनेछ । लामो समयदेखी रोकिएर बसेका कामहरु बन्नाले मन उत्साहित हुनेछ । शत्रु परास्त हुने तथा न्यायिक निर्णयहरु तपाईंकै पक्षमा आउनेछ । स्रोत साधन जुटाउदै व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) : पढाइ लेखाइमा मन नजाँदा अरुभन्दा पछि परिनेछ । आफन्त तथा अग्रजबाट सहयोग नपाईने हुनाले व्यापार व्यवासायमा लगानी गर्न सकिनेछैन । भौतिक सम्पती तथा उपाहार प्राप्तीको योग भएपनि टरेर जानेछ । जोखिम मोलेर काम नगर्नुनै राम्रो रहनेछ । सरकारी तथा प्रशासनिक कामबाट घाटा हुनेछ । माया प्रेममा मनमुटाब बढ्ने तथा धोका हुनेछ । उधारो कारोबार नगुर्न नै राम्रो रहेको छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) : राजनीति तथा सामाजिक काममा हतारमा निर्णय गर्दा आलोचना हुनेछ । अन्य व्यापार व्यावसायमा मन्दी आउने भएपनि कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । आफन्त तथा परिवारलाई समय दिन नसक्दा तपाईँदेखी रिसाउनेछन् । प्रेममा एक अर्काको भावना नबुझ्दा टाढिनुपर्ने बाध्यता आउन सक्छ । अध्ययन तथा अध्यापनबाट भनेजस्तो नतिजा नआउन सक्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) : राम्रा तथा परिणामूखि काम हुनाले आफन्त तथा छिमेकीहरु प्रभावित हुनेछन् । पराक्रमी क्रिर्याकलापमा भाग लिई पुरुषार्थी काम गर्न सकिनेछ । लेख तथा रचनाको माध्ययमबाट सस्कार परिवर्तन गर्न तपाईँको भूमिका महत्वपूर्ण रहनेछ । अध्ययनकै सवालमा यात्रा हुनेछ । भाग्यले साथ दिने हुनाले व्यापार फस्टाएर जानेछ । प्रेममा नजिक हुन सकिनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) : प्रयन्न गर्दा आम्दानीका स्रोतहरु वढाउन सकिनेछ । बोलिको प्रभाव घट्न सक्छ ध्यान दिनुहोला । परिवारका साथ बसेर मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर आएपनि स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ । कार्यक्षेत्रमा राम्रा काम गरी सम्मानित हुने योग रहेकोछ । पढाइलेखाइमा अलि बढी ध्यान दिदा उत्कृष्ट नतिजा हात पार्न सकिनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) : राजनीतिकर्मी तथा समाजसेवीहरुले जनताको काम गरी नाम कमाउन सक्नेछन् । नोकरिमा सहकर्मिहरुलाई पछी पार्दै राम्रा काम गरी सम्मान पाउने योग रहेकोछ । पढाइलेखाइमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । व्यापारमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने नयाँ कामको प्रस्ताव आउनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) : खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्वन्धी समस्या बढ्न सक्छ ध्यान दिनुहोला । आफ्नै कमजोरीले विवाद तथा प्रतिस्पर्धामा अरुभन्दा पछि परिनेछ । शुभचिन्तक तथा आफन्तलाई बेवास्ता गर्दा दुःख पाईनेछ । मन परेको मानिसबाट टाढिनु पर्दा मन खिन्न हुनेछ । न्याय संगत काम नगर्दा दण्ड तथा जरिवाना हुने योग रहेको छ । मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर आएपनि स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) : विभिन्न साधन स्रोत जुटाई दिगो फाईदा हुने काम आरम्भ गर्न सकिनेछ । पैत्रिक सम्पतीको प्रयोगमार्फत आम्दानी बढाउन सकिनेछ । बैकिङ क्षेत्रमा गरीएको लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रणय सम्बन्धका रमाउन चाहनेहरुका लागी समय उत्तम रहेको छ । दाजुभाइको सहयोगले भौतिक सम्पति तथा सवारी साधन जोड्न सकिनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) : राजनीतिज्ञ तथा समाजसेवीहरुले जनताको कामगरी पद प्राप्त गर्न सक्नेछन् । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । कार्यक्षेत्रमा प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । ईमान्दारिता तथा लगनशिलताको उच्च मुल्याङकन हुनेछ । पढाइ लेखाइमा मन जाने तथा नतिजा हात पार्न सकिनेछ । प्रेमको डोरो कसिलो हुनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : काम गर्दा ध्यान दिनुहोला अवसरवादीहरुले फसाउन सक्छन् । प्रशासनिक तथा सरकारी सेवामा ढिला सुस्तिको चपेटामा परिनेछ । धार्मिक तथा शैक्षिक यात्रा गर्दा ध्यान दिनुहोला कागजपत्र नमिल्नाले विलम्ब हुन सक्छ । तर पनि व्यापार व्यावसाय फस्टाएर जानेछ । राजनीतिज्ञको लागी उत्तम रहेकोछ । प्रेमको डोरो कसिलो हुनेछ ।
तपाईँको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

१८ मंसिर २०७८, शनिबार ०८:३०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस