|  

आजको राशिफल

२० भाद्र २०७८, आईतवार ०६:३९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । आज २०७८ साल भाद्र महिनाको २० गते आइतबार, भाद्र कृष्णपक्षको त्रयोदशी तिथि । अब लागौं आजको राशिफलतर्फ ।

मेष
आम्दानीमा बृद्धि हुने छ । बोलीको प्रभावमा सामान्य बृद्धि हुने भएता पनि अन्तर्मुखी स्वाभावले गर्दा आफ्नो कुरा अरुसँग साझा गर्न मन लाग्ने छैन् । परिवारमा बिबाद देखा पर्ने छ । फलामजन्य कारोवार, हार्डवेयर, निर्माण सामग्री, सार्वजनिक सवारीसाधन, ग्यारेज जस्ता पेशामा आवद्धहरुलाई सकारात्मक रहने छ ।

वृष
रिस धेरै उठ्ने छ । मनमा दुविधाले सताउँदा व्यक्तित्व पनि दोहोरो खालको हुने छ जसले गर्दा अरुले विश्वास गर्न कठिन मान्ने छन् । ग्रिल उद्योग, भाडाका सवारीसाधन, विषादीको कारोवार, सार्वजनिक यातायात, श्रम जगतमा कार्यरतहरुलाई अनुकुल रहने छ ।

मिथुन
सम्पत्ति तथा वित्तिय सञ्चिती नोक्सानी हुन सक्ने भएकाले सचेत रहनु होला । कसैले पेल्न नसक्ने खालको दृढताले भरिएको व्यक्तित्व हुने छ । तर मनमा देखिने दुविधात्मक अवस्थाले भने व्यक्तित्वमा ह्रास ल्याउने छ । नोकरी, श्रम क्षेत्र, सेवा क्षेत्र, सार्वजनिक सवारीसाधन, घर घडेरीको कारोवार, होटल, रेष्टुरेण्ट, डान्स बार जस्ता क्षेत्रमा संलग्नहरुलाई समय प्रतिकुल देखिन्छ ।

कर्कट
आफ्नो उद्देश्य र लक्ष्य प्रति समर्पित हुने स्वाभावमा बृद्धि हुने छ । तर मनोबल कमजोर हुने भएकाले बाहिरबाट हेर्दा कमजोर व्यक्तित्व देखा पर्दा अरु व्यक्तिहरुले हेप्ने र पेल्ने प्रयास गर्ने छन् । भाग्यहिनताका कारण मनमा उत्साह र उमङ्गको कमि हुने छ । अध्ययन अध्यापनमा मन लाग्ने छैन् ।

सिंह
पेशागत विषयमा मनमा दुविधाले सताउने हुँदा निर्णय क्षमताको अभावले प्रगति रोकिने छ । साझेदारीमा गरिएका क्षेत्रमा द्वन्द देखा पर्ने छ । संयम रही पाइला चाल्नु पर्ने समय रहेको छ । पेशागत जीवनमा बादबिबादको अवस्था आउने भएकाले त्यसको सामना गर्नु पर्ने छ ।

कन्या
आम्दानीको हकमा भने सोचेको जति प्राप्त नभए पनि निराश नभई पाइला चालि रहनु होला । अन्य विषयमा भने भाग्यको साथ रहेकाले सकारात्मक नतिजाहरु प्राप्त हुने छन् । पुस्तक पसल, स्टेसनरी, अध्यापन, शिक्षण, शिक्षा क्षेत्र, व्यवस्थापन जस्ता क्षेत्रमा आवद्धहरुलाई अनुकुल देखिन्छ ।

तुला
आम्दानीमा हल्का बृद्धि हुने छ । परिवारमा झैझगडाको अवस्था आउने छ । बोलीको प्रभाव पनि घट्न पुग्ने भएकाले संयमित भएर मात्र बोल्ने गर्नुहोला । मनमा भने दुविधाले असाध्यै सताउने छ । उदासिनताको मात्रा पनि बढ्न पुग्ने छ । कमजोर मनोबल भएको व्यक्तित्व हुने हुँदा अरुले हेप्ने र पेशागत जीवनमा नकारात्मक प्रभाव पर्ने देखिन्छ ।

वृश्चिक
भाग्यले साथ नदिएकाले औसत अवस्थालाई कायम राख्नु पनि उपलब्धिमुलक हुने भएकाले धेरै लक्ष्य र महत्वाकांक्षातर्फ नजानु नै उचित हुने देखिन्छ । मनमा आउने नैराश्यताका कारण जोश तथा जाँगरको अभाव हुनेछ । राजनीति, प्रशासन, बैंकिङ्ग क्षेत्र, व्यवस्थाकीय तह, वाणिज्य क्षेत्र आदीमा सहभागिहरुलाई समय संयमित रहनु पर्ने खालको छ ।

धनु
मेहनत गरी प्राप्त कमाई गलत क्षेत्रमा वा सामान्य क्षेत्रमा अनावश्यक रुपमा खर्च हुने चुनौति रहेकाले संयम अपनाउनु होला । मनमा दोहोरो विचार निरन्तर आइरहँदा निर्णय लिन नसक्ने व्यक्तित्वका रुपमा अरुले चित्रण गर्ने छन् । पत्रकारिता, लेखक, बोलेर खाने पेशा, स्टेसनरी, छालाजन्य कारोवार, आदीमा संलग्नहरुलाई समय अनुकुल रहने छ । साथै सेवा क्षेत्र र श्रमिक बर्गलाई पनि अनुकुल रहने छ ।

मकर
पेशागत क्षेत्र औसत रहने छ । दृढ खालको व्यक्तित्व हुने छ भने रिस नियन्त्रणमा ध्यान दिनु होला । दाम्पत्य जीवनमा बिबाद चर्किने हुँदा उत्साहको अभाव हुने छ । आम्दानीको हकमा राखिएको लक्ष्य प्राप्त हुने छैन् । प्रतिष्पर्धात्मक क्षमता हुने भएकाले कठिन परिस्थितिलाई सामना गर्न सक्ने आँट आउने छ ।

कुम्भ
आम्दानीमा केही बृद्धि हुने छ । ज्ञानको क्षेत्रमा प्रगति हुने छ । विदेश जाने विषयमा अनुकुलताका संकेत देखिने छ । पेशागत क्षेत्रमा भने समस्याहरु देखा पर्ने भएकाले बादबिबाद भन्दा संयमिताबाट अघि बढ्नु नै बुद्धिमानी हुने छ । धेरै जोखिमपूर्ण कदम भन्दा हालको परिस्थितिलाई निरन्तरता दिने प्रयास गर्नु उपयुक्त हुने छ ।

मीन
पेशागत जीवनमा गुमाउने अवस्था आउने भएकाले संयमित रहनु होला । समय धेरै उत्साही भई धेरै जोखिमपूर्ण कदमहरु चाल्ने भने रहेका छैन् । तर पनि आफ्नो लक्ष्य प्रति दृढ भई लागि परिरहने स्वाभाव हुने छ । शिक्षण, अध्यापन, स्टेसनरी, वकालत, धार्मिक वस्तुको कारोवार जस्ता पेशामा आवद्धहरुलाई समय सकारात्मक बन्ने छैन् ।

२० भाद्र २०७८, आईतवार ०६:३९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस