|  

आजको राशिफल

२६ भाद्र २०७८, शनिबार ०७:३१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


वि.सं.२०७८ साल भदौ २६ गते । शनिवार । ईश्वी सन् २०२१ सेप्टेम्बर ११ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र शुक्लपक्ष । तिथि–पंचमी, बेलुकी १० बजेर ०१ मिनेट उप्रान्त षष्ठी । नक्षत्र–स्वाती, दिउसो ०२ बजेर ४० मिनेट उप्रान्त विसाखा । योग–ऐन्द्र, बेलुकी ०६ बजेर ४७ मिनेट उप्रान्त वैधृति । करण– बव, बिहान ११ बजेर १० मिनेट उप्रान्त बालव, बेलुकी १० बजेर ०१ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–सिद्धि योग । चन्द्रराशि–तुला । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ४७ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ११ मिनेट । दिनमान ३१ घडी ०१ पला । ऋृषिपञ्चमीव्रत,सप्तर्षिपूजा, कोखजाविय, धर्मविनायक राष्ट्रिय रथयात्रा ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार भावमा गोचर गर्ने चन्द्रमाले फेन्सी तथा विलाशी वस्तुको व्यापारबाट मनग्गे आम्दानी हुनेछ । एकल तथा साझेदारी व्यावसायमा लगानी बढाउन सकिनेछ । व्यापारकै शिलशिलामा लामो दुरिको यात्रा हुनेछ । साथि संगि तथा ईष्ट मित्रबाट उपाहार प्राप्त हुनेछ । माया प्रेममा नजिक हुन सकिने तथा पति पत्नी बीच विश्वासको वातावरण बढेर जानेछ । पढाइ लेखाइमा मन जाने तथा अरुलाई पछी पार्दै नतिजा आफुतिर ल्याउन सकिनेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समय राम्रो रहेकोले मन परेको मान्छेबाट भौतिक सम्पती तथा उपाहार प्राप्तीको योग रहेकोछ । छुट्टिएका प्रेम सम्बन्धहरु पुनह जोडिनेछन् । भौतिक तथा विलाशी वस्तुको व्यापार व्यावसाय फस्टाएर जानेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा ल्याउन सकिने हुनाले आफन्त तथा गुरुवर्गहरु खुशी हुनेछन् । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईँको पक्षमा आउनेछन् ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) अध्ययनमा मन जाने तथा अध्ययनकै सवालमा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । घरायसी प्रयोजनका लागी भोगविलासका सामानहरुको खरिद गर्ने समय रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जानेछ । उपाहारका रुपमा विलाशी वस्तु हात लागी हुनेछ । प्रेम सम्बन्ध सुदृड हुने तथा छुट्टिएका सम्बन्ध पुनह सुचारु हुने योग रहेकोछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आफन्तहरु टाडिने तथा पति पत्नी बीच सामान्य मनमुटावको सिर्जना हुनेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछी परिनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुका लागी समय मध्ययम भएकोले जनताबाट आलोचनात्मक समर्थन पाईनेछ । व्यापार व्यावसायमा नाँफा कमाउन निकै नै समय खर्चनु पर्नेछ भने कृषी तथा पशुपालन व्यावसाय फस्टाउनेछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) औषधीजन्य तथा दैनिक उपभोग्य सामानको व्यापार व्यावसायमा लगानी गरी नाँफा कमाउन सकिनेछ । भौतिक स्रोत साधन जुट्नाले काम गर्न सहज हुनेछ । आटिला तथा पुरुशार्थी काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । मन परेको मानिसलाई लिएर यात्रामा निस्कन शकिनेछ । सामाजिक काम गरी जनताको समर्थन जुटाउन सकिनेछ । लेखेरै नाम तथा दाम दुवै कमाउन सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) अध्ययन अध्यापनमा सुधार भएर जानेछ भने बौद्धिक क्षेत्र फराकिलो भएर जानेछ । आफन्त तथा साथिभाईबाट सनिने सुखद समाचारले उत्साहित होईनेछ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरि राम्रै आम्दानी गर्न सकिनेछ । प्रेमिल जोडी हरुका लागी समय उत्तम रहेकोछ । बोलिको प्रभाव बढ्नाले थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) राजनीतिकर्मी तथा समाजसेवीहरुले जनताको काम गरी नाम कमाउन सक्नेछन् । नोकरिमा सहकर्मिहरुलाई पछी पार्दै राम्रा काम गरी सम्मान पाउने योग रहेकोछ । पढाइ लेखाइमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । व्यापारमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने नयाँ कामको प्रस्ताव आउनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) खर्च बढेपनि उपलव्धी मुलक कामहरु हुनेछन् । लामो दुरिको विदेश यात्राको अधिक सम्भावना रहेको छ । विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ भने विदेशमा बसेर धन कमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । समयमा कामहरु फत्ते गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्वन्धी समस्या आउन सक्छ । पढाइ लेखाइमा ध्यान नदिदा अरुभन्दा पछी परिनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) अध्ययन तथा अनुशन्धानमा ध्यान केन्द्रित हुँदा उत्कृष्ट नजिता हात पार्न सकिनेछ । प्रविधिको उच्चतम् प्रयोग गरी रचानात्मक कार्य गर्न सकिनेछ । पैत्रिक धनको प्रयोग मार्फत व्यावसाय गरी रोजगारिका अवसर सिर्जना गर्न सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) शुभचिन्तक तथा परिचित व्याक्तीबाट सहयोग जुट्नाले काम गर्न सहज हुनेछ । कार्यक्षेत्रमा राम्रो काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । पुर्खौली धन तथा सम्पतीको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ । पुराना विवादलाई सल्टाउन तपाईँको महत्वपूर्ण भूमिका हुने तथा लोकप्रियता चुलिनेछ । अध्ययनमा मन जानेछ । प्रणय सम्बन्धमा पथ प्रगाडता थपिनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) पढाइ लेखाइमा राम्रो प्रगती गर्न सकिनेछ भने पढाइकै शवालमा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा रुची बढ्नेछ । सानो पैसाबाट सुरु गरीएको लगानी फस्टाएर जाने तथा मनग्गे फाईदा कमाउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । धर्म सस्कृती तथा रितिरिवाज जर्गेना गर्ने काममा तपाईँको सहभागिता हुनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) लामो खटाईमा बावजुत आंशिक सफलता हात पार्न सकिनेछ । पढाइ लेखाइमा कमी कमजोरी भएको अनुभूती हुनेछ । व्यापारमा मन्दी आउनाले अर्थ अभाव हुनेछ । स्वास्थ्यमा समस्या आउने तथा खर्च बढ्ने योग रहेकोछ । आफन्त तथा दिदिबहिनीसँग मनमुटाव सिर्जना हुनेछ । विवाद तथा आलोचना हुँदाहुदै पनि जिम्मेवारी बहन गर्नुपर्ने समय रहेकोछ ।

तपाईँको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

२६ भाद्र २०७८, शनिबार ०७:३१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस