|  

आजको राशिफल

४ आश्विन २०७८, सोमबार ०७:५० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


वि.सं.२०७८ साल असोज ०४ गते । सोमवार । ईश्वी सन् २०२१ सेप्टेम्बर २० तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । शरद् ऋतु । श्रीशाके १९४२ । भाद्र शुक्लपक्ष । तिथि– पूर्णिमा, ,रातको ०४ बजेर ५५ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–पूर्वाभाद्रपदा, रातको ०४ बजेर ४५ मिनेट उप्रान्त उत्तराभाद्रपदा । योग– शूल, बेलुकी ०५ बजेर १० मिनेट उप्रान्त गंड । करण– भद्रा, बेलुकी ०४ बजेर ५७ मिनेट उप्रान्त बव, रातको ०४ बजेर ४५ मिनेट उप्रान्त बालव । आनन्दादिमा–मुसल योग । चन्द्रराशि–कुम्भ,बेलुकी १० बजेर ३५ मिनेट उप्रान्त मीन । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५१ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०१ मिनेट । दिनमान ३० घडी २४ पला । पञ्चक, पूर्णिमाव्रत, चेपाङ चोनापर्व, इन्द्रदहस्नान, यँयापुन्हि, भ।पु। सिद्धपोखरीमेला, वंगयारमंगया ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) घरपरिवार तथा समाज तारिफयोग्य काम गरी चर्चा बटुल्न सकिनेछ । पैत्रिक धन तथा सम्पतिको प्रयोग गरी आम्दानी बढाउन सकिनेछ । व्यापारमा थोरै लगानि गर्दापनि मनग्गे नाँफा कमाउँन सकिनेछ । भौतिक स्रोत साधन जुट्नाले दैनिकी सहज हुनेछ । पढाई लेखाईमा थोरै समय दिदा पनि नतिजा तपाईकै पोल्टोमा पर्नेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) राजनीति तथा समाजसेवामा जनताको काम गर्न सकिने हुँदा पद प्राप्तको गतिलो योग रहेकोछ । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकीकरण गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । नयाँ काम पाउने तथा नोकरिमा सुगम स्थानमा स्थानान्तर वा बढुवा हुनेछ । बुवा तथा अग्रजहरुको आशिर्वाद लिदै राम्रा काम गर्न सकिनेछ । पैत्रिक धन तथा सम्पती प्राप्त हुनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) खोज तथा अनुशन्धानको शिलशिलामा लामो दुरिको यात्रा हुने योग रहेकोछ । धार्मिक प्रतिष्ठान तथा मन्दीर तिरको यात्रा गरी टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । भाग्यले साथ दिने हुनाले सानो लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । आफन्त तथा दाजुभाईको सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय फलदायि रहनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) शरिर कमजोर हुनाले दैनिक कामहरु प्रभावित हुनेछन् । व्यावसायमा लगानी गरीहाल्ने समय नरहेकोले केहि समय कुर्नुनै राम्र्रो होला । सवारी साधन तथा भौतिक सम्पतीको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला । बाध्यतामा तथा अरुकै काममा समय व्यातित हुदा मन खिन्न हुनेछ । सानो उपलव्धीमा दिन व्यातित हुने सम्भावना रहेकोछ ख्याल गर्नुहोला । तरपनि माया प्रेमको गाठो कसिलो हुनेछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) विभिन्न भौतिक तथा विलाशी सामानको प्रयोग गर्न पाईनेछ । व्यापारमा स्रोत साधन जुट्नाले प्रशस्त आम्दानी हुनेछ । व्यावसाय विस्तारकै सवालमा यात्रा हुनेछ । पढाइ लेखाइ तथा खोजीमुलक क्षेत्रबाट नाम कमाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछन् । बिद्या तथा कुनैपनि प्रतिस्पर्धामा तपाईँकै जित हुनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक मुद्दाहरु सहजै हल भएर जानेछन् । पुराना ऋण तथा रोगबाट मुक्ती पाउने समय रहेकोछ । माया प्रेममा विस्वास गर्दै नयाँ ठाउँको यात्रामा निस्कन सकिनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) पढाइ लेखाइमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । शेयर बजार तथा व्यापार व्यावसाय अरु दिन भन्दा सुधार भएर जाने हुनाले दैनिकी सुदृड हुनेछ । चिठ्ठा पर्ने तथा उपाहार प्राप्तीको गतिलो योग रहेकोछ । माया प्रेममा नजिक हुने तथा मायाको डोरो कसिलो भएर जानेछ । सामाजिक काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । आफन्त तथा छोराछोरिको प्रगतीमा मन प्रशन्न हुनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) आफन्तहरु टाडिने तथा पति पत्नी बीच सामान्य मनमुटावको सिर्जना हुनेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछी परिनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुका लागी समय मध्ययम भएकोले जनताबाट आलोचनात्मक समर्थन पाईनेछ । व्यापार व्यावसायमा नाँफा कमाउन निकैनै समय खर्चनु पर्नेछ । तरपनि आधुनिक कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरी प्रशस्त रुपैया पैसा कमाउन सकिनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछन् भने विवाद तथा प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । पढाइ लेखाइमा भनेजस्तो प्रगती गर्न सकिनेछ भने खेलकुद वा पराक्रमी क्रिर्याकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । उद्योग तथा व्यापार फस्टाएर जानेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) वन्द व्यापारमा लगानी गरी आर्थिक क्षेत्र बलियो बनाउन सकिनेछ । पहिले लगानी गरेका रकमहरु उठ्ने हुनाले मन प्रशन्न हुनेछ । आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तको सहयोगले हरेक क्षेत्रमा प्रगति गर्न सकिनेछ । रमाईलो जमघटमा सामेल भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रयत्न गर्दा भैपरी आउने समस्याहरु सहजै समाधान हुनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) नयाँ तथा रचानात्मक काम गरी आर्थिक अवस्था सुदृड पार्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने पुराना कामहरु सम्पादन हुनाले थप हौसला प्राप्त हुनेछ । सामाजिक काममा होमिने हरुका लागी समयले साथ दिनेछ । अध्ययनमा सफलता प्राप्त हुनेछ भने उत्कृष्ट नतिजाले परिवारका सदस्य तथा गुरुहरु खुसि हुनेछन् । प्रमेमा रमाउन चाहनेहरुका लागी समय उत्कृष्ट रहेकोछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) दैनिक खर्च बढ्ने तथा भैपरि आउने समस्याले सताउनेछ । स्वास्थ्य सम्वन्धी समस्या बढ्ने तथा उपचार खर्च बढ्ने योग रहेकोछ । सापट लगिएका रकम नउठ्नाले दैनिकी असहज हुनेछ । धन तथा भौतिक सम्पती हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला । तापनी लामो दुरिको विदेश यात्राको गतिलो योग रहेकोछ भने विदेशी सामानकोे व्यापार फस्टाएर जानेछ ।

तपाईँको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

४ आश्विन २०७८, सोमबार ०७:५०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस