|  

आजको राशिफल

५ आश्विन २०७८, मंगलवार ०७:१५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


वि.सं.२०७८ साल असोज ०५ गते । मंगलवार । ईश्वी सन् २०२१ सेप्टेम्बर २१ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । शरद् ऋतु । श्रीशाके १९४२ । आश्विन कृष्णपक्ष । तिथि– प्रतिपदा, रातको ०५ बजेर १३ मिनेट उप्रान्त द्घितीया । नक्षत्र–उत्तराभाद्रपदा, रातको ०५ बजेर ४२ मिनेट उप्रान्त रेवती । योग– गंड, बेलुकी ०४ बजेर ०८ मिनेट उप्रान्त वृद्धि । करण–बालव, बेलुकी ०५ बजेर ०० मिनेट उप्रान्त कौलव, रातको ०५ बजेर १३ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–सिद्धि योग । चन्द्रराशि–मीन । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५२ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५९ मिनेट । दिनमान ३० घडी २० पला । पञ्चक,सोह्रश्राद्धारम्भ, प्रतिपदाश्राद्ध, विश्व शान्ति दिवस, पुञ्चलीभुजा ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समय राम्रो रहेकोले आम्दानीको तुलनामा खर्च कम हुँदा रुपैया पैसाको वचत हुनेछ । विदेशी सामानको व्यापार व्यावासय फस्टाएर जानेछ भने एनजिीओ आईएनजीओ जस्ता सस्थामा काम पाउने तथा बढुवा हुने योग रहेकोले । अध्ययन तथा कामको शिलशिलामा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) प्रेममा सामिप्यता बढेर जानेछ । पैत्रिक सम्पतीको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । बित्तिय क्षेत्रसँग सम्वन्धीत कामबाट भनेजस्तो आम्दानी हुनेछ । सिमित स्रोत साधनको प्रयोग गरी असिमित आवस्यक्ताहरु पुरा गर्न सकिनेछ । ईच्छाईएका वस्तु प्राप्त हुनाले मन प्रशन्न हुनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) आफन्त तथा बुवा सरहका मानिससँग मनमुटाव सिर्जना हुनेछ । व्यापार व्यावसायबाट न्यून आम्दानी हुनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न नसकिने हुँदा ईज्जत प्रतिष्ठामा कमिको महशुस हुनेछ । सरकारी काममा सेवा प्रवाह गर्नेहरुको ढिलासुस्तिले समयमा काम बन्ने छैन । अध्ययन तथा अध्यापनमा समय बढि नै लगानी गर्नुपर्ने देखिन्छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) धार्मिक तथा पढाइ लेखाइकै सवालमा लामो दुरिको यात्रा हुनेछ । धर्म तथा अध्यात्म जस्ता क्षेत्रमा रुचि बढ्नेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा बलियो उपस्थिती रहनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने व्यापारकै सवालमा देश विदेशको यात्रा हुनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ । प्रशासनि क्षेत्रमा गतिलो तथा सम्मानजनक उपश्थिति रहनेछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अध्ययनमा मन जाने तथा अध्ययनै सवालमा प्रविधिको प्रयोग गर्न सकिनछ । व्यापार व्यावसायमा अरुदिन भन्दा सधार भएर जाने तथा केही मात्रामा आम्दानी गर्न सकिनेछ । नसोचेका तथा लामो समय देखि रोकिएर बसेका कामहरु सम्पादन गर्न सकिनेछ । आफन्त तथा घरपरिवारका मानिसबाट सहयोग प्राप्त हुनेछ । माया गर्नेहरुका लागी सम उत्तम रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) समय र परिस्थितिले साथ नदिदा व्यापारमा लगानि डुव्ने खतरा रहेकोछ । व्यापारकै सवालमा गरीने यात्रा निस्फल हुनेछ । सानो बिषयमा घर परिवार तथा आफन्तसँग राय बाजिनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या पैदा भई दैनिक कामहरु गर्न सकिने छैन । भौतिकता रमाउन खोज्दा अप्रिय घट्ना नघट्ला भन्न सकिन्न ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) कार्यक्षेत्रमा सजक हुनुहोला,आलोचना गर्नेहरु सक्रिय हुनेछन् । ऋण,रोग तथा सत्रुको सामना गर्नुपर्दा मन कमजोर भएको अनुभूति हुनेछ । बिद्या तथा प्रतिस्पर्धामा अरु नै हावी हुनेछन् । माया प्रेममा नजिक हुन केही समय लाग्नेछ । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछन् । मामा तथा मावली पक्षसँग मनमुटाव सिर्जना हुन सक्छ ध्यान दिनुहोला ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) शुभचिन्तक तथा आफन्तको साथ सहयोगले उपलव्धीमुलक कामहरु गर्न सकिनेछ । बौद्धिकताको प्रयोग मार्फत चेतनाको स्तर उकास्न सकिनेछ । माया प्रेमको गाठो सकिनेछ । शिक्षा क्षेत्रसँग सम्वन्धीत व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्पती प्राप्त हुनेछ । राज्यको नजिक भएर काम गर्नेहरुले पद पाउने योग रहेकोछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समय राम्रो रहेकोले कृषि तथा पशुपालन व्यावसायलाई परिमार्जन गरी आम्दानी बढाउन सकिनेछ । घर जग्गाको कारेबार गर्नेहरुले राम्रै आम्दानी गर्न सक्नेछन् । पढाइ लेखाइमा राम्रो नतिजाका साथ अग्र स्थानमा तपाईँको नाम आउनेछ । आमा तथा अग्रजहरुको साथ सहयोगले राम्रा तथा उत्पादन मुलक कामहरु गर्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) न्यालयसँग सम्वन्धीत कामहरु धाती राख्नुहोला । खेलकुद तथा पराक्रमी क्रिर्याकलापमा भाग लिने अवसर आएपनि भनेजस्तो नतिजा निकाल्न मुस्किल पर्नेछ । बन्धुबान्धब हरुसँग मनमुटाव सिर्जना हुनेछ भने सैद्धान्तिक राय बाजिनेछ । समय मध्ययम रहेकोले चोटपटक लाग्ने तथा स्वास्थ्यमा समस्या देखापर्नेछ । पढ्ने लेख्ने काममा मन नजानाले अरुभन्दा पछी परिनछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) कार्यक्षेत्रमा तपाईको बोलिको प्रभावले महत्वपूर्ण अर्थ राख्दछ । सामाजिक तथा पारिवारिक सम्बन्धहरुमा सुधार भएर जाने योग रहेकोछ । नातागोताको सहयोगले सुरु गरेको कामहरु स्वत स्फुर्त रुपमा अगाडि बढ्नेछन् । व्यापारमा लगानी गरी आर्थिक पक्ष सुदृड बनाउन सकिनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागी समय राम्रो रहेकोछ । अध्ययनमा अरुभन्दा एक कदम अगाडी वढी पुरस्कार तथा प्रशंसा पत्र आफुतिर ल्याउन सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) विशेष अवसरमा आकर्षक उपाहार प्राप्त हुनेछ । व्यापार व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने नयाँ लगानिको अवसर आउनेछ । ईमान्दारिता र मेहनेतले आत्म विश्वासमा बृद्धि हुनेछ । अध्ययनमा भनेजस्तो प्रगती गर्न सकिने हुनाले ज्ञानको भण्डार बढ्नेछ । प्रेममय वातावरणमा समय व्यातित गर्न पाउदा मन हर्सित हुनेछ ।

तपाईँको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

५ आश्विन २०७८, मंगलवार ०७:१५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस