|  

आजको राशिफल

१४ आश्विन २०७८, बिहीबार ०८:११ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


वि.सं.२०७८ साल असोज १४ गते । बिहीवार । ईश्वी सन् २०२१ सेप्टेम्बर ३० तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । शरद् ऋतु । श्रीशाके १९४२ । आश्विन कृष्णपक्ष । तिथि–नवमी, बेलुकी ०६ बजेर २३ मिनेट उप्रान्त दशमी । नक्षत्र– पुनर्वशु, बेलुकी ११ बजेर १७ मिनेट उप्रान्त तिष्य । योग– परिध, बेलुकी ०५ बजेर ५४ मिनेट उप्रान्त शिब । करण– गर, बेलुकी ०६ बजेर २३ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–सिद्धि योग । चन्द्रराशि–मीथुन, बेलुकी ०४ बजेर ४९ मिनेट उप्रान्त कर्कट । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५६ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४९ मिनेट । दिनमान २९ घडी ४३ पला । नवमी श्राद्ध, मातृनवमी ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आट,साहस तथा पराक्रममा बृद्धि हुनेछ भने पुरुषार्थले अधिकार स्थापित गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाईहरु जनमानसमा लैजान सकिनेछ । पढ्ने लेख्ने काममा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय फलदायी रहेकोछ । छोटो दुरिको रमाईलो यात्राको तय गर्न सकिनेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) विगतमा गरीएको कामको सकारात्मक नतिजा आउने हुनाले मन प्रशन्न रहनेछ । रोकिएर बसेका कामहरु सम्पादन हुनेछन् भने नयाँ काम गर्ने वातावरण बन्नेछ । पढाइ लेखाइमा अरुभन्दा एक कदम अगाडी बडी नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) सामाजिक काम गर्दा ध्यान दिनुहोला समयमा काम नसकिने तथा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ । पढन पाढनमा ध्यान जाने छैन भने बिभिन्न अवसर आएपनि निर्णय क्षमताको अभावले अरुभन्दा पछी परिनेछ । साझको समय राम्रो रहेकोले व्यापारमा वृद्धि हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्वन्धी समस्या बढ्न सक्छ ध्यान दिनुहोला । आफ्नै कमजोरीले विवाद तथा प्रतिस्पर्धामा अरुभन्दा पछी परिनेछ । शुभचिन्तक तथा आफन्तलाई बेवास्ता गर्दा दुःख पाईनेछ । मन परेको मानिसबाट टाडिनु पर्दा मन खिन्न हुनेछ । न्याय संगत काम नगर्दा दण्ड तथा जरिवाना हुने योग रहेकोछ । साझको समय राम्रो रहेकोले आफन्तका साथ रमाईलो गर्दै मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आम्दानी बढ्नेछ । परिवारका ईच्छा,आकांक्षा तथा मनोकामना पुर्ति गर्न सकिनेछ । पैत्रिक धन तथा सञ्चित धनको प्रयोग गर आम्दानीमा बृद्धि गर्न सकिनेछ । अध्ययनमा प्रतिस्पर्धीहरुलाई उछिन्दै अग्र स्थानमा आउन सकिनेछ । प्रेमील जोडीहरुका लागी समय उत्तम रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यापार व्यावसायमा लगानी गरी मनग्गे लाभ लिन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाईनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिने हुनाले गुरुवर्ग तथा आफन्त खुशी हुनेछन् । माया प्रेममा सामिप्यता बढ्नेछ । कार्यक्षेत्रका प्रभाव बढ्ने तथा बढोत्तरिको योग रहेकोछ । कृषि व्यावासाय, पशुपालन व्यावसायमा लगानी गरी आम्दानी बढाउन सकिनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) समयको महत्व बुझेर अगाडी बढ्दा चाहेको गन्तव्य भेट्न सकिनेछ । धर्म अध्यात्म तथा सामाजिक परम्परा जस्ता क्षेत्रमा मन जानेछ । प्रशासनिक काममा केही ढिला सुस्तिको चपेटामा परिएपनि अन्तत काम हुनेछ । खोजीमुलक काममा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । व्यापार व्यावसायमा केहि मन्दी आएपनि दैनिकी प्रभावित हुनेछैन । तरपनि सरसफाईमा ध्यान दिनुहोला ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्याक्तिगत स्वास्र्थ तथा वैराग्यभाव त्यागेर अगाढ बढ्नुहोला । सवारी साधन तथा भौतिक सम्पतीको प्रयोग गर्दा बिशेष सावधानि अपनाउनु होला । आलश्य तथा थकानको अनुभूति हुनेछ भने दिनभर परिश्रम गरेपनि न्यून उपलब्धी हासिल हुनेछ । साझको समय राम्रो रहेकोले छोटो दुरिको धार्मिक यात्राको तय हुनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समय मध्ययम रहेकोले घर परिवारमा आन्तरिक कलह बढ्नेछ । प्रेममा रहेकाहरु टाडै बस्नु उचित हुनेछ । व्यावसायमा लगानी कर्ताहरु बीच मनमुटाब सिर्जना हुने योग रहेकोछ । लामो दुरिको व्यावसायिक यात्रामा बिलम्व हुनेछ । सवारी साधन तथा अन्य हार्डवयेरसँग सम्वन्धीत बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला । सचेत नभए ऋण,रोग तथा सत्रुले सताउनेछन् । काममा ढिला सुस्ति तथा अप्रिय समाचारले दैनिकी प्रभावित हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) प्रतिस्पर्धामा विजयको योग रहेकोछ भने तपाईको कुरा काट्ने तथा ईष्र्या गर्नेहरु हार खानेछन् । न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । पुराना ऋण तथा रोगहरुलाई किनारा लगाउदै परिणाममुखी काम गर्न सकिनेछ । अध्ययन अध्यापनमा भनेजस्तो सफलता हात पार्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) सन्तान तथा परिवारका सदस्यबाट सहयोग पाईनेछ । नाँफामुलक व्यावसाय भन्दा सेवामुलक व्यावसाय फस्टाएर जानेछ । अध्ययनमा ध्यान जादा बौद्धिक क्षेत्र फराकिलो हुनेछ । प्रयन्न गरेका कामहरु सजिलै सम्पादन हुनेछन् । महंगो उपाहार तथा भौतिक सम्पती प्राप्त हुनेछ । अदालती निर्णयहरु तपाईँकै पक्षमा सम्पादन हुनेछन् ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आफ्नै भन्नेहरुले आश्वासन बाड्ने तथा समयमा काम नगर्दिनाले समस्या पैदा हुनेछ । मन परेको मानिससँग टाडिनु पर्दा मन मुटुमा जलन पैदा हुनेछ । घरजग्गा तथा सवारी साधनको विषयमा विवाद गर्नुपर्ला । राजनीति तथा समाजसेवामा जनताको समर्थन भन्दा आलोचना नै धेरै हुनेछ । पाईरहेको पद गुम्ने खतरा रहेकोछ ध्यान दिनुहोला ।

तपाईँको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

१४ आश्विन २०७८, बिहीबार ०८:११  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस