|  

आजको राशिफल

१६ आश्विन २०७८, शनिबार ०७:२१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


वि.सं.२०७८ साल असोज १६ गते । शनिवार । ईश्वी सन् २०२१ अक्टोबर ०२ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । शरद् ऋतु । श्रीशाके १९४२ । आश्विन कृष्णपक्ष । तिथि– एकादशी, बेलुकी ०७ बजेर ५७ मिनेट उप्रान्त द्घादशी । नक्षत्र– अश्लेषा, रातको ०१ बजेर ५१ मिनेट उप्रान्त मघा । योग– सिद्ध, बेलुकी ०५ बजेर ०३ मिनेट उप्रान्त साध्य । करण– बव, बिहान ०७ बजेर ४५ मिनेट उप्रान्त बालव, बेलुकी ०७ बजेर ५७ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–मानस योग । चन्द्रराशि–कर्कट । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४७ मिनेट । दिनमान २९ घडी ३५ पला । एकादशी श्राद्ध, इन्दिरा एकादशीव्रत,विश्वअहिंसा दिवस ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफन्त तथा साथी भाईसँग राय नमिल्दा दैनिक कामहरु प्रभावित हुन सक्छन् । राजनीति तथा समाजसेवामा समय खर्चिनेहरुले काम गर्दा ध्यान दिनुहोला । निर्णय गर्न नसक्दा हातमा आईसहेको काम अरुले नै फुत्काउनेछन् । घरजग्गा तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला विवाद तथा किचलो हुनसक्छ । तरपनि अध्ययन तथा खोजीमुलक क्षेत्रमा रुचि बढ्नेछ । शेयर बजार तथा व्यापारमा गरेका लगानी फस्टाएर जानेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) न्यालयसँग सम्वन्धीत कामहरु धाती राख्नुहोला । खेलकुद तथा पराक्रमी क्रिर्याकलापमा भाग लिने अवसर आएपनि भनेजस्तो नतिजा निकाल्न मुस्किल पर्नेछ । बन्धुबान्धब हरुसँग मनमुटाव सिर्जना हुनेछ भने सैद्धान्तिक राय बाजिनेछ । समय मध्ययम रहेकोले चोटपटक लाग्ने तथा स्वास्थ्यमा समस्या देखापर्नेछ । पढ्ने लेख्ने काममा मन नजानाले अरुभन्दा पछी परिनछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) वन्द व्यापारमा लगानी गरी आर्थिक क्षेत्र बलियो बनाउन सकिनेछ । पहिले लगानी गरेका रकमहरु उठ्ने हुनाले मन प्रशन्न हुनेछ । आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तको सहयोगले हरेक क्षेत्रमा प्रगति गर्न सकिनेछ । रमाईलो जमघटमा सामेल भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रयत्न गर्दा भैपरी आउने समस्याहरु सहजै समाधान हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पुराना कमिकमजोरी सुधार्दै नयाँ काममा हात हाल्न सकिनेछ । पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर आउनेछ । माया प्रेममा रमाईलो गर्दै समय व्यातित हुनेछ । घर परिवार तथा आफन्तको सद्भाव तथा सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक अवस्था सुदृड हुनेछ । राजनीतिज्ञको लागी समय राम्रो रहेकोछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) दैनिक खर्च बढ्ने तथा भैपरि आउने समस्याले सताउनेछ । स्वास्थ्य सम्वन्धी समस्या बढ्ने तथा उपचार खर्च बढ्ने योग रहेकोछ । सापट लगिएका रकम नउठ्नाले दैनिकी असहज हुनेछ । धन तथा भौतिक सम्पती हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला । तापनी लामो दुरिको विदेश यात्राको गतिलो योग रहेकोछ भने विदेशी सामानकोे व्यापार फस्टाएर जानेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) सानो लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने व्यापार व्यावसाय फस्टाएर जानेछ । मन परेको वस्तु प्रयोग गर्न पाईनाले मन प्रशन्न हुनेछ । बुवा तथा अग्रजहरुको धन तथा सम्पतिको प्रयोग गरी आए आम्दानी बढाउन सकिनेछ । पढाइ लेखाइमा मन जानेछ भने प्रेमको डोरो कसिलो भएर जानेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) आफन्त तथा बुवा सरहका मानिससँग मनमुटाव सिर्जना हुनेछ । व्यापार व्यावसायबाट न्यून आम्दानी हुनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न नसकिने हुँदा ईज्जत प्रतिष्ठामा कमिको महशुस हुनेछ । सरकारी काममा सेवा प्रवाह गर्नेहरुको ढिलासुस्तिले समयमा काम बन्ने छैन । अध्ययन तथा अध्यापनमा समय बढि नै लगानी गर्नुपर्ने देखिन्छ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) सामाजिक तथा परोपकारी काममा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ । व्यापारमा आज गरीने लगानीबाट भविस्यमा राम्रो नाँफा कमाउन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो प्रगती गर्न सकिने हुनाले मन प्रशन्न हुनेछ । राजनीतिज्ञले जनताको काम गरी पद प्राप्त गर्ने समय रहेकोछ । प्र्रेमील जोडीहरुका लागी समय उत्तम रहेकोछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) संकट व्यावस्थापनमा चालिएका कदमहरु निअर्थक हुनेछन् । गोप्य योजनाहरु बाहिरिन सक्छ ध्यान दिनुहोला । आफन्त तथा दिदी बहिनीहरुले पनि सहयोग गर्ने छैनन् । अल्छि गर्ने बानिले काम बाकी रहनेछ भने शरिर स्वास्थ्य नहुनाले आलस्यता बढेर जानेछ । व्यापारमा लगानी गरीहाल्ने समय नरहेकोले केहि समय पर्खनु नै राम्रो हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बन्द व्यापार फस्टाएर जाने तथा नयाँ ठाउँमा लगानी गर्ने अवसर जुर्नेछ । व्यावसायकै शवालमा लामो दुरिको यात्रा हुनेछ । भौतिक सम्पती तथा विलाशी वस्तु प्राप्त हुने योग रहेकोछ । माया प्रेममा नजिक हुन सकिनेछ भने जीवन साथिको सहयोगले राम्रा तथा परिणाममूखि काम गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) पढाइ लेखाइमा अरुभन्दा पछी परिने चिन्ताले सताउनेछ । स्वास्थ्यमा कमजोरि देखिने हुँदा दैनिक कामकाजमा समस्या पैदा हुन सक्छ ख्याल गर्नुहोला । व्यापारमा लगानी गर्दा ध्यान दिनुहोला आज गरीने व्यावसायमा नाँफा कमाउन निकै समय खर्चनु पर्नेछ । विवाद तथा प्रतिस्पर्धामा सामेल नहुनुहोला । न्यायिक निर्णयहरु तपाईको पक्षमा नआउन सक्छ । प्रेममा मनमुटाब सिर्जना हुनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) अध्ययनमा भनेजस्तो उपलव्धि हासिल गर्न सकिनेछ भने अध्ययनकै सवालमा लामो दुरिको यात्रा हुनेछ । परिवार तथा सन्तानले व्यापामा सहयोग गर्ने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । सेवामुलक काम वा शिक्षा क्षेत्रको कामबाट मनग्गे धन आर्र्जन गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेकोछ ।

तपाईँको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

१६ आश्विन २०७८, शनिबार ०७:२१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस