|  

आजको राशिफल

२२ आश्विन २०७८, शुक्रबार ०८:२० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


वि.सं.२०७८ साल असोज २२ गते । शुक्रवार । ईश्वी सन् २०२१ अक्टोबर ०८ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । शरद् ऋतु । श्रीशाके १९४२ । आश्विन शुक्लपक्ष । तिथि– द्वितीया, दिउसो ०१ बजेर २९ मिनेट उप्रान्त तृतीया । नक्षत्र–स्वाती, बेलुकी १० बजेर १८ मिनेट उप्रान्त विशाखा । योग– विष्कुम्भ, रातको ०२ बजेर ४१ मिनेट उप्रान्त प्रिती । करण– कौलव, दिउसो ०१ बजेर २९ मिनेट उप्रान्त तैतिल, रातको १२ बजेर २४ मिनेट उप्रान्त गर । आनन्दादिमा–गद योग । चन्द्रराशि–तुला । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ०० मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४० मिनेट । दिनमान २९ घडी ११ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापारको शिलशिलामा लामो दुरीको यात्राको अधिक सम्भावना रहेकोछ भने व्यावसायमा लगानी गरी प्रशस्त नाँफा कमाउन सकिनेछ । अध्ययन,लेखन,कलासाहित्य तथा गित संगितमा चासो बढ्नेछ भने तपाईको प्रतिभाको उच्च कदर हुनेछ । प्रेम सम्वन्धमा विस्वासको वातावरण बढ्नेछ । भौतिक साधनहरु जुट्नेछन् प्रविधिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) कार्यक्षेत्रमा केही विषयमा विवाद भएपनि तपाईँको भनाई तथा रायलाई स्वीकार्दै जाने सहमती जुट्नेछ । न्यायिक निर्णयहरु तपाईँको पक्षमा आउनेछ । आफन्त तथा मावली पक्षबाट सहयोग प्राप्त हुनेछ । पढाइ लेखाइ सफलताकै मार्गमा अगाडी बढ्नेछ । प्रयन्न गर्दा राज्यबाट पद प्राप्तीको गतिलो योग रहेकोछ । तपाईंको खुट्टा तान्ने तथ कुरा काट्नेहरु तपाईंकै प्रशङसा गर्दै हिड्नेछन् ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) समय गतीसँगै चल्न ससक्दा अरुभन्दा पछी परिनेछ । पढाइ लेखाइमा मन नजादा पुरस्कार तथा प्रशंसापत्र अरुकै हातमा जानेछ । प्रेममा अविस्वास सिर्जना नहोला भन्न सकिन्न । अग्रज तथा गुरुवरको सुझावलाई शिरोधार्य गर्दै अगाडी बढ्नुहोला । व्यापारमा लगानी गरे अनुशार प्रतिफल पाउन निकै नै मिहनेत गर्नुपर्नेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अरुको विस्वास जिती काम गर्न नसक्दा समयभन्दा पछी परिनेछ । कामगर्ने भन्दा आश्वासन बाढ्नेहरु सक्रिय हुनेछन् । पढ्ने लेख्ने काममा मन नजादा नतिजा अरुतिर नै जानेछ । सवारी साधन तथा भौतिक सम्पतीको प्रयोग परिचालन गर्दा ध्यान दिनुहोला अप्र्रिय घट्ना नघट्ला भन्न सकिन्न । आमा तथा आफन्तसँग टाडिएर यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आÏनै मेहनेतले व्यावसायमा फड्को मार्न सकिनेछ । लगनशिलताको साथ गरीने कामको उच्च मुल्याङकन हुनेछ । दाजुभाई तथा छिमेकीको सँगको सम्बन्ध सुधार गर्दै नयाँ कामहरु गर्न सकिनेछ । प्रतिस्पर्धीहरु सहयोगी बन्नेछन् भने कुनैपनि प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । पढाइमा मन जानेछ भने पढाइकै सवालमा यात्रा गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बोलेको कुरा पुर्याउन नसक्दा आलोचनाको शिकार होईनेछ । छिटो बोल्दा वा निर्णयह गर्दा परिस्थिती विग्रनेछ । अध्ययनमा समय दिन नसक्दा अरुभन्दा पछी परिनेछ । प्रेममा मनमुटाव बढ्नेछ भने आफन्तसँग घरायसी कुरामा राय बाजिनेछ । व्यापारमा मन्दी आउनाले अर्थ अभावले सताउने तथा दैनिकी प्रभावित हुनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापारमा लागानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । आर्थिक पक्ष मजभूत रहनेछ भने आर्थिक बृद्धिका लागी नयाँ अवसरहरु प्राप्त हुनेछन् । बिद्यार्थिहरुका लागी आजको समय उत्तम रहेकोले नतीजा आफैतिर ल्याउँन सकिनेछ । आफन्त तथा परिवारका साथ रमाईलो यात्रा गर्दै मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । प्रणय सम्बन्धमा सुधारको संकेत देखिनेछ । दैनिक समस्याहरु सुल्झाउदै बढ्न सकिनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) आम्दानी भन्दा खर्च बढ्नाले दैनिकि असहज हुनसक्छ ध्यान दिनुहोला । लगानी बढाएपनि आम्दानी कम नै हुनेछ । माया प्रेममा एक अर्कालाई आशंका गर्नाले टाडिनु पर्ने बाध्यता आउँनेछ । तरपनि पढाइ लेखाइमा सोचेजस्तो नतिजा ल्याउँन सकिनेछ । विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ भने विदेशमा बसेर पेशा व्यावसाय गर्नेहरुका लागी समय राम्रो रहेकोछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पैत्रिक तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानी वढाउन सकिनेछ । आफन्त तथा घरपरिवारका ईच्छा आकांक्षाहरु पुरा गर्न सकिनेछ । शिक्षा क्षेत्रसँग सम्वन्धीत व्यावसायबाट केही मात्रामा लाभ लिन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नीको सहयोग पाईने हुनाले राम्रा काम गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा समय लगानि गर्नेहरुका लागी समय उत्तम रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यावसायमा लगानी गरी भनेजस्तो आम्दानी गर्न सकिनेछ । विवादित विषयहरु हल भएर जाने तथा पुराना समस्याअरु केही भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ । नयाँ काम पाउने तथा नोकरिमा बढोत्तरी हुने योग रहेकोछ । समाजिक काम गर्ने वातावरण बन्ने तथा मान सम्मान,ईज्जत प्रतिष्ठामा बृद्धी भएर जानेछ । अध्ययन अध्यापनमा मन जानेछ भने माया प्रेममा प्रिय पात्रसँग नजिक हुने समय रहेकोछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) समय मध्ययम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला । अरुकै लहैलहैमा लाग्नाले पढाइ लेखाइ बिग्रनेछ । सरकारी तथा प्रशासनिक काममा ढिलासुस्तीको कारणले अन्य उपलव्धी पनि गुम्न सक्छ । व्यापारमा लगानी गरे पनि न्यून नाँफामा चित्त बुझाउनु पर्नेछ । घरपरिवार तथा अग्रज हरुसँग मनमुटाव बढ्ने योग रहेकोछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) लामो खटाईमा बावजुत आंशिक सफलता हात पार्न सकिनेछ । पढाइ लेखाइमा कमी कमजोरी भएको अनुभूती हुनेछ । व्यापारमा मन्दी आउनाले अर्थ अभाव हुनेछ । स्वास्थ्यमा समस्या आउने तथा खर्च बढ्ने योग रहेकोछ । आफन्त तथा दिदिबहिनीसँग मनमुटाव सिर्जना हुनेछ । विवाद तथा आलोचना हुँदाहुदै पनि जिम्मेवारी बहन गर्नुपर्ने समय रहेकोछ ।

तपाईँको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

२२ आश्विन २०७८, शुक्रबार ०८:२०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस