|  

आजको राशिफल

२५ आश्विन २०७८, सोमबार ०७:१३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौ । आज २०७८ साल आश्विन महिनाको २५ गते सोमबार । आश्विन शुक्लपक्षको पञ्चमी तिथि, उप्रान्त षष्ठी तिथि । आज नवरात्रअन्तर्गत षष्ठी तिथि भएकाले विल्व निमन्त्रण गर्ने दिन तथा आज पचली भैरवयात्रा हुने गर्दछ ।

मेष

पारिवारिक जीवनमा सुमधुरता छाउने छ । यात्रारत हुनु पर्ने छ । पेशागत क्षेत्रमा सन्तोषजनक उन्नति, प्रगति हुने छ । साथै आफू पनि पेशाप्रति केन्द्रीत हुने स्वाभावको हुने छ । बोलीमा भने कडापना देखा पर्ने हुँदा विचार पु¥याउनु होला ।

वृष

मिष्ठान्न भोजनको अवसर जुट्ने छ । पेशागत भूमिकाको कदर हुनेछ । पेशागत जीवनबाट लाभ मिल्ने छ । भित्री निर्णय क्षमतामा गिरावट आउने छ । मनमा दुविधाका क्रम पनि कायम नै रहने छ । रिस नियन्त्रणमा ध्यान दिनु पर्ने देखिन्छ ।

मिथुन

मिठो बोली हुने छ । धन सम्पत्तिमा वृद्धि हुने छ भने पेशागत जीवनमा केही चुनौतीको सामना गर्नु पर्ने छ । भाग्यको साथ रहेको छ । सन्तानप्रति वा सन्तानका बारेमा समर्पित हुन मन लाग्ने छ । बाठो खालको व्यक्तित्व हुने छ ।

कर्कट

पेशागत जीवनमा चुनौतीसँग जुध्नु पर्ने हुन्छ । खर्चको मात्रामा बढोत्तरी भएअनुसार आम्दानी नबढ्दा दबाब सृजना हुने छ । मनोबलमा कमी आउने छ । परिवारका सदस्यहरुले साथ दिने भएकाले कठिन घडीमा जुध्न मद्दत मिल्ने छ ।

सिंह

आम्दानीको हकमा केही वृद्धि हुन जानेछ । आम्दानी बढाउन बोली प्रभावले साथ दिने छ । यात्राको अवसर मिल्ने छ । प्रतिस्पर्धात्मक स्वाभाव हुने छ । पेशागत जीवनमा धेरै सोच विचार गरेर मात्र पाइला चाल्नु पर्ने समय सक्रिय छ ।

कन्या

परिवारप्रति केन्द्रीत हुन मन लाग्ने छ । आफ्ना सपना, लक्ष्य तथा प्राप्ति परिवारप्रति समर्पित गराउन मन लाग्ने छ । बोलीमा नरमपना खालको हुने छ । पेशागत जीवन स्थिर हुने छ । आम्दानीमा वृद्धि हुने छ भने पैतृक सम्पत्तिबाट लाभ मिल्ने छ ।

तुला

शितल प्रकृतिको व्यक्तित्व बन्ने छ । भाग्य बलियो रहेको छ । आम्दानीमा केही वृद्धि हुन पुगेता पनि पेशागत जीवनमा अस्थिर हुने छ । बोलीमा कटुताका क्रम आउँदा अरुले त्यति राम्रो मान्ने छैनन् ।

वृश्चिक

बोलीका कारण कामहरु बिग्रने छन् । मनमा उदासिनताले सताउने छ । नकारात्मक विचार र धारणालाई नियन्त्रित गर्न हरदम प्रयास गर्नु होला । यात्रामा कठिनाई उत्पन्न हुने छ । पेशागत जीवनमा स्थिरता रहने छ भने आम्दानीमा निरन्तरता रहने छ ।

धनु

पेशागत जीवनमा उतारचढाव आउने छ । आम्दानीमा चुनौती देखिन्छ । धेरै जोखिमभन्दा औसतको यात्रा नै यतिखेर उत्तम हुने देखिन्छ । जीवन साथीको साथले आँट र भरोसा आउने छ ।

मकर

जीवन साथीको साथ र सहयोगले पेशागत जीवनमा ठूलो मद्दत मिल्ने छ । साझेदारीमा गरिएका कामहरुमा गम्भीर खालका समस्या देखा पर्ने छन् । सहयोगी र सामाजिक व्यक्तित्व हुने छ । तर व्यक्तित्वमा कडापना उत्तिकै हुने भएकाले गरेका कामको उचित कदर कम नै पाइने छ ।

कुम्भ

पारिवारिक जीवनमा उचित कदर हुने छ । बौद्धिक व्यक्तित्व बन्दा बन्दै पनि अलि अव्यवहारिकपना आउने भएकाले यसबारेमा ध्यान दिनु होला । भाग्यको साथ रहेकाले अरुले सकारात्मक मूल्यांकन गर्ने छन् । पेशागत जीवन औसत रहने छ ।

मीन

आम्दानीमा गिरावट आउने छैन् । स–साना उल्झनका कारण समय खेर जाने छ । भाग्यहिनताको अनुभूतिले निरन्तर पछ्याउने छ । पारिवारिक द्वन्द्वका कारण भेटघाटहरु नमिठा बन्ने छन् । मनमा अशान्तिले सताउने छ । पेशागत जीवन औसत खालको रहने छ ।

२५ आश्विन २०७८, सोमबार ०७:१३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस