|  

आजको राशिफल

५ कार्तिक २०७८, शुक्रबार ०८:१३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


वि.सं.२०७८ साल कार्तिक ०५ गते । शुक्रवार । ईश्वी सन् २०२१ अक्टोबर २२ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । शरद् ऋतु । श्रीशाके १९४२ । कार्तिक कृष्णपक्ष । तिथि– द्वितीया, बेलुकी १० बजेर ४४ मिनेट उप्रान्त तृतीया । नक्षत्र–भरुणी, बेलुकी ६ बजेर ३२ मिनेट उप्रान्त कृतिका । योग–सिद्धि, बेलुकी १० बजेर १८ मिनेट उप्रान्त व्यातिपात । करण– तैतिल, बिहान ०९ बजेर ४९ मिनेट उप्रान्त गर, बेलुकी १० बजेर ४४ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–मुद्गर योग । चन्द्रराशि–मेष । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ०८ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २६ मिनेट । दिनमान २८ घडी १५ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफ्नो दैनिक काम समयमा सम्पादन गरी वचेको समय समाजसेवामा खर्चन पाईने हुनाले मान सम्मान पाईनेछ । ईच्छाशक्ति बढ्ने तथा कृतिमानी काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो हुने तथा जीवन साथीको सहयोग पाईनेछ । पढाइमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापारमा मन्दी आउने तथा उधारो लानेहरुको संख्या बढ्नेछ । स्वदेशी सामानको व्यापारमा कमी आएपनि विदेशमा उत्पादन भएका सामानको व्यापार बढ्नेछ । पढाइ लेखाइमा मन जाने छैन भने नतिजा अरु तिरै जानेछ । प्रेममा धोका तथा अविस्वास बढ्ने योग रहेकोछ । काम तथा अवसरको खोजीमा दौडनु पर्नेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) सिमित स्रोत तथा साधनबाट असिमित आवस्यकता पुरा गर्नु पर्दा रुपैया पैसाको व्यावस्थापन गर्न गाह्रो पर्नेछ । नयाँ काम गर्नु पहिले ध्यान दिनुहोला अवसरवादी हरुले फसाउँन सक्छन् । दाजुभाई तथा आफन्तलाई विस्वास गर्दा धोका पाईनेछ । माया प्रेममा एक अर्का विच मनमुटाव हुने तथा पति पत्नीविचको सम्वन्धमा अविस्वास बढ्नेछ । अन्यत्रै ध्यान जादा पढाइ लेखाइमा पछी परिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सरकारी तथा प्रशासनिक काम गर्दा झन्झट बेहोर्नु पर्नेछ भने सरकारी ओहोदामा बसेर सेवा प्रवाह गर्नेहरुले दुःख दिन सक्छन् । पढ्न लेख्नमा मन नजाने हुनाले अरुभन्दा पछी पर्ने अधिक सम्भावना रहेकोछ । पारिवारिक सम्बन्धमा चिसोपनको महशुष हुुनेछ भने आफन्तहरु टाडिने हुदा मन खिन्न रहनेछ । तरपनि व्यापारमा लगानी गरि आम्दानी बढाउन सकिनेछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सामाजिक तथा परोपकारी काममा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ । व्यापारमा आज गरीने लगानीबाट भविस्यमा राम्रो नाँफा कमाउन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो प्रगती गर्न सकिने हुनाले मन प्रशन्न हुनेछ । राजनीतिज्ञले जनताको काम गरी पद प्राप्त गर्ने समय रहेकोछ । प्र्रेमील जोडीहरुका लागी समय उत्तम रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) संकट व्यावस्थापनमा चालिएका कदमहरु निअर्थक हुनेछन् । गोप्य योजनाहरु बाहिरिन सक्छ ध्यान दिनुहोला । आफन्त तथा दिदी बहिनीहरुले पनि सहयोग गर्ने छैनन् । अल्छि गर्ने बानिले काम बाकी रहनेछ भने शरिर स्वास्थ्य नहुनाले आलस्यता बढेर जानेछ । व्यापारमा लगानी गरीहाल्ने समय नरहेकोले केहि समय पर्खनु नै राम्रो हुनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) कामगर्दा ध्यान दिनुहोला आलोचकहरु बढ्नेछन् । व्यापारमा समय दिएपनि न्यून आम्दानीमा चित्त बुझाउनु पर्नेछ । व्यापारकै शिलशिलामा कष्टकर यात्रा नहोला भन्न सकिन्न । साथिभाई तथा जीवन साथिको सहयोग नपाईदा कामहरु बिचमानै छोड्नु पर्ने हुन सक्छ । प्रेममा मनमुटाब सिर्जना हुने योग रहेकोछ । अध्ययनमा मन नजादा नतिजा अरुकै पोल्टोमा पर्नेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार व्यावसायमा मन्दी आउँने समय रहेकोछ । पढ्ने लेख्ने काममा मन जानेछैन । अवसरवादीहरुको चंगुलमा परिनेछ ध्यान दिनुहोला । न्यालयबाट न्याय पाउँन कठिन रहेकोछ । नोकरिमा हुने प्रतिष्पर्धामा दिन मध्ययम रहेकोले अरुनै हावी हुनेछन् । स्वास्थ्यमा समस्या आउँनाले दैनिक कामहरु प्रभावित हुनेछन् । माया प्रेममा धोका हुन सक्छ सजक रहनुहोला ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) अध्ययनमा भनेजस्तो उपलव्धि हासिल गर्न सकिनेछ भने अध्ययनकै सवालमा लामो दुरिको यात्रा हुनेछ । परिवार तथा सन्तानले व्यापामा सहयोग गर्ने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । सेवामुलक काम वा शिक्षा क्षेत्रको कामबाट मनग्गे धन आर्र्जन गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आफन्तहरु टाडिने तथा पति पत्नी बीच सामान्य मनमुटावको सिर्जना हुनेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछी परिनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुका लागी समय मध्ययम भएकोले जनताबाट आलोचनात्मक समर्थन पाईनेछ । व्यापार व्यावसायमा नाँफा कमाउन निकै नै समय खर्चनु पर्नेछ भने कृषी तथा पशुपालन व्यावसाय फस्टाउनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) दाजुभाई,आफन्त तथा छिमेकीसँगको सम्वन्धमा चिसोपनाको विकास हुनेछ । यात्रा गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । लेखन तथा साहित्यमा बाकी रहेको काम थाती रहनेछ । व्यापारमा लगानीको अभावले आम्दानीमा कमी हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय मध्यमय रहेकोछ । आट गर्न नसक्दा हातमा आईसकेको काम फुत्किनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) अध्ययन अध्यापनमा सुधार भएर जानेछ भने बौद्धिक क्षेत्र फराकिलो भएर जानेछ । आफन्त तथा साथिभाईबाट सनिने सुखद समाचारले उत्साहित होईनेछ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरि राम्रै आम्दानी गर्न सकिनेछ । प्रेमिल जोडी हरुका लागी समय उत्तम रहेकोछ । बोलिको प्रभाव बढ्नाले थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ ।

तपाईँको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

५ कार्तिक २०७८, शुक्रबार ०८:१३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस