|  

आजको राशिफल

६ कार्तिक २०७८, शनिबार ०८:२७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


वि.सं.२०७८ साल कार्तिक ०६ गते । शनिवार । ईश्वी सन् २०२१ अक्टोबर २३ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । शरद् ऋतु । श्रीशाके १९४२ । कार्तिक कृष्णपक्ष । तिथि– तृतीया, रातको १२ बजेर ४४ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र–कृतिका, बेलुकी ०९ बजेर ०१ मिनेट उप्रान्त रोहिणी । योग–व्यातिपात, बेलुकी १० बजेर ४६ मिनेट उप्रान्त वरियान । करण– वणिज, बिहान ११ बजेर ४२ मिनेट उप्रान्त भद्रा, रातको १२ बजेर ४४ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–ध्वज योग । चन्द्रराशि–बृष । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ०९ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २५ मिनेट । दिनमान २८ घडी ११ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अध्ययन अध्यापनमा सुधार भएर जानेछ भने बौद्धिक क्षेत्र फराकिलो भएर जानेछ । आफन्त तथा साथिभाईबाट सनिने सुखद समाचारले उत्साहित होईनेछ । व्यापार व्यावसायबाट मनग्गे धन आर्जन हुनुको साथै नयाँ काम आरम्भ गर्न सकिनेछ । प्रेमिल जोडीहरुका लागी समय उत्तम रहेकोछ । बोलिको प्रभाव बढ्नाले थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पुराना कमिकमजोरी सुधार्दै नयाँ काममा हात हाल्न सकिनेछ । पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर आउनेछ । माया प्रेममा रमाईलो गर्दै समय व्यातित हुनेछ । घर परिवार तथा आफन्तको सद्भाव तथा सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक अवस्था सुदृड हुनेछ । राजनीतिज्ञको लागी समय राम्रो रहेकोछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) खर्च बढेपनि उपलव्धी मुलक कामहरु हुनेछन् । लामो दुरिको विदेश यात्राको अधिक सम्भावना रहेको छ । विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ भने विदेशमा बसेर धन कमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । समयमा कामहरु फत्ते गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्वन्धी समस्या आउन सक्छ । पढाइ लेखाइमा ध्यान नदिदा अरुभन्दा पछी परिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अध्ययन तथा अनुशन्धानमा ध्यान केन्द्रित हुँदा उत्कृष्ट नजिता हात पार्न सकिनेछ । प्रविधिको उच्चतम् प्रयोग गरी रचानात्मक कार्य गर्न सकिनेछ । पैत्रिक धनको प्रयोग मार्फत व्यावसाय गरी रोजगारिका अवसर सिर्जना गर्न सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आफुलाई मन पर्ने वा रुचिको विषय अध्ययन गरी बौद्धिकताको स्तर फराकिलो बनाउन सकिनेछ । राजनीतिज्ञ तथा बिशिष्ट व्याक्तित्वहरुको संगतले राम्रा काम गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । पुरुषार्धि काम गरी लक्ष्य पहिल्याउन सकिनेछ । प्रेममा नजिक हुन सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) खोज तथा अनुशन्धानको शिलशिलामा लामो दुरिको यात्रा हुने योग रहेकोछ । धार्मिक प्रतिष्ठान तथा मन्दीर तिरको यात्रा गरी टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । भाग्यले साथ दिने हुनाले सानो लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । आफन्त तथा दाजुभाईको सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय फलदायि रहनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) काम गर्ने बिभिन्न अवसर सदुपयोग गर्न नजान्दा समयले तपाईँलाई पछी छोड्नेछ । व्यापारमा आम्दानी कम हुने तथा लगानी गर्न केही समय कुर्नुहोला । प्रेममा अविश्वास तथा धोका हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्वन्धी समस्याले पिरोल्नेछ । आफन्त दिदि बहिनीसँग मनमुटाव सिर्जना हुनेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछी परिनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) भौतिक सम्पती तथा ब्राण्डेड बस्तुको व्यापार व्यावसाय फस्टाएर जाने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । शैक्षिक तथा व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । नयाँ काम पाउने तथा गरीरहेको काममा बढुवा हुनेछ । अध्ययनमा सहजै सफलता हात पार्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने जीवन साथीको सहयोग पाईनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सत्रुमाथि वीजय गर्न सकिनेछ तथा आट,शाहस,हिम्मतले कामहरु सम्पादन हुनेछन् । अध्ययनमा एक कदम अगाढि बढि नतिजा हात पार्न सकिनेछ । पुराना ऋण तिर्न सकिने तथा रोग केही भए विशेक हुनेछ । मामा मावली पक्षसँग बिग्रेका सम्बन्ध सुधार हुनेछ । पछीसम्म आम्दानी भईरहने व्यावसाय सुरु गर्न सकिनेछ । प्रेमको डोरो कसिलो हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) विद्या स्थानमा गोचर गर्ने चन्द्रमाले पढाई लेखाईमा सफलता हात पार्न सकिनेछ । बुद्धिको प्रयोग गरी अरुलाई प्रभावित पार्न सकिनेछ । आफन्त तथा सन्तानको साथ पाईने तथा उनिहरुको प्रगतिमा मन रमाउँनेछ । मनमुटुमा राखेको मानिसबाट उपाहार प्राप्त हुदा तपाईभन्दा खुसि अरु कोहि हुने छैनन् ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) आफन्त तथा साथी भाईसँग राय नमिल्दा दैनिक कामहरु प्रभावित हुन सक्छन् । राजनीति तथा समाजसेवामा समय खर्चिनेहरुले काम गर्दा ध्यान दिनुहोला । निर्णय गर्न नसक्दा हातमा आईसहेको काम अरुले नै फुत्काउनेछन् । घरजग्गा तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला विवाद तथा किचलो हुनसक्छ । तरपनि अध्ययन तथा खोजीमुलक क्षेत्रमा रुचि बढ्नेछ । शेयर बजार तथा व्यापारमा गरेका लगानी फस्टाएर जानेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आट,साहस तथा पराक्रममा बृद्धि हुनेछ भने पुरुषार्थले अधिकार स्थापित गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाईहरु जनमानसमा लैजान सकिनेछ । पढ्ने लेख्ने काममा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय फलदायी रहेकोछ । छोटो दुरिको रमाईलो यात्राको तय गर्न सकिनेछ ।

तपाईँको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

६ कार्तिक २०७८, शनिबार ०८:२७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस