|  

आजको राशिफल

१० कार्तिक २०७८, बुधबार ०७:२५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


आज २०७८ साल कार्तिक महिनाको १० गते मंगलबार, कार्तिक कृष्णपक्षको षष्ठी तिथि उप्रान्त सप्तमी तिथि रहेको छ ।

मेष
दृढतामा कमि आउने छ । आफैले गरेका काम प्रति पनि मनमा शंका जन्मने छ । पेशागत जीवन औसत खालको हुने छ । मनमा उदासिनताको क्रम निरन्तर रहने छ ।

वृष
नरम खालको व्यक्तित्व हुने छ । रोग व्याधिहरुले पेल्ने हुँदा सतर्क रहनु होला । व्यक्तित्वमा कमि आउँदा अरुले कमजोर आँकलन गर्ने छन् । पेशागत जीवनमा सकारात्मकता कायम रहने छ ।

मिथुन
आवश्यकता भन्दा निकै बढि कडाखालको स्वाभाव हुने छ । अरुलाई च्वास्स च्वास्स भन्ने बानीले गर्दा शत्रु बढ्ने छन् । पारीवारिक तनावले सताउने छ । पेशागत जीवनमा पनि गिरावटको सामना गर्नु पर्ने छ । बोलीको प्रभावमा गिरावट आउने भएकाले कामहरु बिग्रने छन् ।

कर्कट
मिष्ठान्न भोजन गर्न पाइने छ । तामसी चिजहरुमा पनि मन जाने हुँदा कुलतको खतरा देखिन्छ । पेशागत जीवन सन्तुलित रहने छ । तर बोली कडा हुने हुँदा हाकिमसँग वा बोससँग सम्बन्धमा चिसोपना आउने छ ।

सिंह
धेरै जोखिमपूर्ण भन्दा निरन्तरतालाई अघि बढाउनु नै उचित हुने देखिन्छ । संयमित रहनु पर्ने समय रहेको छ । प्रशासनीय निकायबाट दुःख झेल्नु पर्ने छ । न्याय क्षेत्रमा रहेकाहरुलाई उल्झन व्योहर्नु पर्ने छ ।

कन्या
घरमा प्रेमले भरिएको वातावरण हुने छ । समय अनुकुल रहेकाले कामहरु फटाफट अघि बढ्ने छ । अध्ययन अध्यापनमा प्रगति हुने छ । प्रतिष्पर्धात्मक क्षमतामा सुधार आउने छ । कार्यालयमा सुमधुर सम्बन्धको संकेतहरु देखा पर्ने छन् ।

तुला
बोलीको प्रभावमा गिरावट देखिने छ । परिवारको साथले भने केही राहत मिल्ने छ । मुद्धा मामिलामा फस्ने समय सक्रिय छ । विचार गरेर मात्र पाइला चाल्नु पर्ने समय अझै सक्रिय रहेको छ । पेशागत जीवनमा निकै धैर्य रहनु होला ।

वृश्चिक
बोद्धिकस्तरको व्यक्तित्व हुने छ । पेशागत जीवन औसत खालको हुने छ भने साझेदारीमा गरिएका कामहरुका भने बिबाद देखा पर्ने छ । कमाईमा सुधार आउने छ । गढेर बसेको धन फिर्ता हुने वातावरण बन्ने छ । परिवारमा मिलन हुनेछ ।

धनु
पेशागत जीवनमा समस्या आउन हुँदा सचेत रहनु नै उचित हुने छ । दुविधात्मक व्यक्तित्व हुँदा अन्योलता रहने छ । धार्मिक कार्यमा मन जाने छ । भाग्यको साथ नरहेकाले बन्न खाजेका कामहरुमा उल्झन आउने छन् । आम्दानीमा भने सन्तोष मिल्ने छ ।

मकर
रोग प्रतिरोधात्मक क्षमतामा गिरावट आउने हुँदा रोग व्याधीको जोखिम देखिन्छ । शरीर कमजोर बन्ने छ । पेशागत जीवनमा धैर्य हुनु होस् । बोलीमा रुखोपना आउने हुँदा झैझगडाको सामना गर्नु पर्ने छ । परिवारमा तनावपूर्ण वातावरण आउने छ ।

कुम्भ
परिवारमा प्रभाव बढ्ने छ । धार्मिक आध्यात्मिक क्षेत्रमा आवद्धहरुलाई कदर मिल्ने तथा प्रभाव बढ्ने छ । बोलीमा सुधार आउँदा अरुको विश्वास आर्जन गर्न सकिने छ । पेशागत जीवनको प्रभावकारीतामा बृद्धि हुनेछ । आर्थिक क्षेत्रमा आश्वस्तता उत्पन्न हुने छ ।

मीन
मनमा भविष्य प्रतिको चिन्ताले पिरोल्ने छ । समय औसत खालको रहेको छ । पेशागत जीवनमा केही सुधार आउँदा आर्थिक क्षेत्रमा भने मनोबल बढ्ने छ । सामाजिक सम्बन्धहरुमा नकारात्मक प्रभाव देखा पर्न जाँदा भए गरेको मान सम्मानमा कमि आउने छ ।

१० कार्तिक २०७८, बुधबार ०७:२५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस