|  

आजको राशिलफ

१० आश्विन २०७८, आईतवार ०६:५९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


आज २०७८ साल आश्विन महिनाको १० गते आइतबार, आश्विन कृष्णपक्षको पञ्चमी तिथि, उप्रान्त षष्ठी तिथि । आज सोह्रश्राद्धअन्तर्गत षष्ठी श्राद्ध रहेको छ ।

मेष
मनोबलको कमि हुन जाँदा दृढताको अभाव हुने व्यक्तित्व देखिने छ । शारीरिक कमजोरीले पिरोल्ने छ । साझेदारीमा गरिएका कामबाट भने सफलता हात लाग्ने छ । जीवनसाथिको साथ वा सल्लाह अनुसार काम गरेमा सफलता प्राप्त हुने छ ।

वृष
बौद्धिक व्यक्तित्व बन्ने हुँदा मान सम्मान र आदर पाइने छ । व्यक्तित्वमा निखारता देखा पर्ने छ । पेशागत जीवनमा भने उल्झनहरुको सामना गर्नु पर्ने भएकाले धैर्य भएर पाईला चाल्नु होला । अनावश्यक स्थानमा झैझगडाबाट गुज्रनु पर्ने छ ।

मिथुन
समय सतर्क हुनु पर्ने खालको छ । भाग्यको साथ नरहेकाले काम गर्ने तर पनि अपजस खेप्नु पर्ने परिस्थिति आउने छ । मनमा निराशाका विचारहरुले सताउने छ । पेशागत जीवनमा उतार चढावको अवस्था देखा पर्ने भएकाले सतर्क भएर कदम चाल्नु होला ।

कर्कट
पेशागत जीवनमा भने अस्थिरताको सामना गर्नु पर्ने छ । यसले गर्दा व्यक्तित्वमा कमजोरीहरु देखा पर्ने छ । आम्दानीमा केही बृद्धि हुन पुग्ने छ । व्यापार गरिरहेको हकमा धेरै उत्साही भईहाल्ने समय रहेको छैन् भने रोजगारीमा रहेकाहरुको हकमा समय औसत रहन्छ । शेयर बजार सकारात्मक बन्ने छैन् ।

सिंह
राजनीतिक क्षेत्रमा रहकोहरुलाई केही फाइदा मिल्ने छ, अरुको पेशाका हकमा समय औसत रहेको छ । आम्दानी गर्नु पर्दछ है भन्ने स्वाभावमा बृद्धि हुने छ । सुख सुविधाका साधनहरु गुमाउनु पर्ने चुनौति देखिन्छ । होटल, रेष्टुरेण्ट, घर घडेरी जस्ता क्षेत्रमा सक्रियहरुलाई समय प्रतिकुल छ । शेयर क्षेत्र केही मात्र सकारात्मक बन्ने छ ।

कन्या
पेशागत जीवनमा उतार चढाव आउने भएकाले धैर्य भएर पाइला चाल्नु होला । चतुरताको अभाव हुने छ । कार्यालय तथा व्यापारीक क्षेत्रमा आउने द्वन्दमा आफ्नो अवस्था कमजोर हुने भएकाले यसबारेमा सतर्क भई चल्नु राम्रो हुने देखिन्छ ।

तुला
अध्ययन अध्यापनमा तिब्रता आउने छ । पेशागत पक्ष सकारात्मक नै रहन्छ तर प्रतिष्पर्धीहरुसँग बढि जुध्नु पर्ने छ । मनमा दुविधाका क्षणहरु धेरै आउने छन् । आम्दानीमा कमि आउँदा पारीवारिक दबाब उत्पन्न हुन जाने छ ।

वृश्चिक
दृढ खालेको व्यक्तित्व हुने छ । पेशागत जीवनमा औसत समय सक्रिय रहेको छ । पारीवारिक जीवनमा भने झैझगडाको अवस्था देखा पर्ने छ । भाग्यको साथ नरहेकाले कार्यसफलता कम हुन जाँदा मनमा निराशा देखा पर्ने हुँदा निराश नभई कर्मशिल बन्ने प्रयास गर्नु होला ।

धनु
समय सकारात्मक देखिन्छ । प्रभावकारी बोली हुने छ । पेशागत जीवनमा राम्रो नतिजाहरु देखा पर्ने छन् । नोकरी तथा व्यापारमा रहेकाहरुलाई लाभ मिल्ने छ । घर घडेरीसँग सम्बन्धि व्यवसाय गर्नेहरुको हकमा भने समय अझै प्रतिकुल देखिन्छ ।

मकर
मनमा उदासिनताको मात्रा बढ्न जाँदा निराशाले गाँज्ने छ । अरुले हेर्दा र आफूलाई पनि मनोबल कमजोरी भएको महशुस हुने छ । दुविधाग्रस्त व्यक्तित्व हुने छ । साझेदारीमा गरिएका कामले भने शुभ नतिजा दिने छन् ।

कुम्भ
भाग्यको साथ रहने छ । पेशागत क्षेत्र सकारात्मक हुने छ । तर बोलीमा भने कटुताको मात्रा बढि हुने भएकाले यस विषयमा ध्यान दिनु होला । पारीवारिक जीवनमा द्वन्दको सामना गर्नु पर्ने छ । ठेक्कापट्टा, निर्माण सामग्री, डण्डि, सिमेण्ट जस्ता क्षेत्रमा कार्यरतहरुलाई फाइदा मिल्ने छ ।

मीन
व्यक्तित्वमा दृढता बढ्ने छ, त्यसैले कसैले हेप्न सक्ने छैनन् । धन सम्पत्तिको अभिबृद्धि हुने छ । पेशागत जीवन औसत रहने छ । तर रिस बढि हुने भएकाले नियन्त्रणमा ध्यान दिनुहोला । साझेदारीमा गरिएका कामहरुमा समस्या देखा पर्न जाने छ ।

१० आश्विन २०७८, आईतवार ०६:५९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस