|  

आजदेखि देशभरि मास्क अभियान शुरु

२३ श्रावण २०७८, शनिबार ०८:१४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । आजदेखि देशभर मास्क अभियान सुरु हुँदैछ ।  आजदेखि ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता, मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मुलनाराका साथ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मास्क अभियान सञ्चालन गर्न लागेको हो । अभियान शुक्रवारसम्म चल्नेछ ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोरोना भाइरसबाट बच्न मास्क अभियान सञ्चालन गर्न लागिएको बताए । उनले जनस्वास्थ्यमा मापदण्ड उल्लङ्घन भएको र मास्क लगाउन पनि लापरबाही भइरहेकाले यसको महत्वबारे जानकारी गराउन अभियान सुरु गरिएको बताए ।

२३ श्रावण २०७८, शनिबार ०८:१४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस