|  

आज देशभर सामान्य देखि पूर्ण बदली रहने

२ कार्तिक २०७८, मंगलवार ०८:०९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


आज देशभर सामान्य देखि पूर्ण बदली रहने छ । प्रदेश १, प्रदेश २, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरुका साथै बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका उच्च पहाडी तथा हिमाली भूभागहरुका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको समेत सम्भावना रहेको महाशाखाको भनाई छ ।

सुदूरपश्चिम प्रदेश र प्रदेश १ का केही स्थानहरु र प्रदेश २, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा वागमती प्रदेशका एक, दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

हाल बंगालको खाडिमा र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

२ कार्तिक २०७८, मंगलवार ०८:०९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस