|  

आज राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै

२९ भाद्र २०७८, मंगलवार ०७:५९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


सामान्य अवस्था वा कोभिड महामारी : बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने संकल्पका साथ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।

नेपालले संयुक्त राष्ट्रसंघीय बालअधिकारसम्बन्धी महासन्धि अनुमोदन गरी बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिता जस्ता विषयमा प्रतिबद्धता प्रकट गरेको दिन पारेर हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ । दिवसको अवसरमा विभिन्न संघ संस्थाले बेग्ला बेग्लै कार्यक्रमको आयोजना गरी मनाउने गरेका छन् ।

प्रत्येक वर्ष विद्यालयहरुले विद्यार्थीलाई सहभागी गराएर कार्यक्रमको आयोजना गर्दै आएपनि यो वर्ष कोरोना भाइरस कोभिड १९ का कारण कार्याकमको आयोजना गरिएका छैन्न ।

नेपालले बालअधिकारसम्बन्धी महासन्धि १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिताजस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।

विसं २०२१ सालको भाद्र ४ गतेदेखि मनाउन सुरु गरिएको राष्ट्रिय बालदिवस २०६३ सालबाट भाद्र २९ गते मनाउन सुरु गरिएको हो ।

२९ भाद्र २०७८, मंगलवार ०७:५९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस