|  

ईट्टा उधाेगका मजदुरका बालबालिकालाई प्रयास नेपाल द्वारा शैक्षिक सामाग्री सहयोग

११ फाल्गुन २०७७, मंगलवार ०८:४४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


ईट्टा उद्योगमा काम गर्ने कामदारहरुका बालबालिकाहरुको पढाईलाई निरन्तरता दिनको लागि जाल्पादेवी ईट्टा उद्योगमा काम गर्ने मजदुरका बालबालिकालाई हिजो  फागुन १० गते सोमबार एक कार्यक्रम बिच शैक्षिक सामाग्री वितरण गरिएको छ ।
धुनिबेशी नगरपालिका वडा नं. ६ मा रहेको जाल्पादेवि ईट्टा उद्योगका उद्योगी सञ्जय नकर्मिको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा १२ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण प्रदान गरिएको छ । अभिभावकको उपस्थितिमा बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गरिएको हो ।
ईट्टा उद्योगमा बालश्रम उन्मुलन गर्न मजदुरका बालबालिकाहरुलाई बेटर ब्रिक नेपाल कार्यक्रम मार्फत प्रयास नेपाल धादिङले बिद्यालय अध्ययन सहयोग सामाग्री सहयोग गरेको हो । ईट्टा उद्योगको समग्र रुपान्तरणका लागि सञ्चालन गरेको बेटर ब्रिक नेपाल परियोजनाले धादिङ जिल्लामा रहेका ईट्टा उद्योगमा कार्यरत मजदुरका बालबालिकालाई बिद्यालय अध्ययन सहजताको लागि सहयोग गर्दै आएको छ ।
धादिङ जिल्लामा बेटर ब्रिक नेपाल कार्यक्रम संचालन भएको ३ वटा ईट्टा उद्योगको विद्यालय जाने उमेरका बालबालिकालाई विद्यालय भर्ना गरेर आवश्यक शैक्षिक सामाग्री (कापी कलम, पेन्सिल, कटर, ईलेजर, झोला, ड्रेस) प्रदान गरेको र २ वटा ईट्टा उद्योग जाल्पादेवी र एभरेष्ट ईट्टा उद्योगमा विद्यालयमा जाने उमेर नपुगेका बालबालिकालाई ईट्टा उद्योग नजिकै प्रारम्भिक बाल विकास तथा शिक्षा केन्द्र संचालन गरि खाजा कार्यक्रम अन्र्तगत ३० जना बालबालिकाहरुलाई टिफिन बक्स प्रदान गरिएको परियोजनाका फिल्ड संयोजक सुनिता कडेलले जानकारी दिनु भयो ।

११ फाल्गुन २०७७, मंगलवार ०८:४४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस