|  

उपराष्ट्रपति र गृहमन्त्रीले लिए माओवादी नेता वैद्यको स्वास्थ्यावस्थाबारे जानकारी

२ कार्तिक २०७८, मंगलवार ११:४७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ- उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ र गृहमन्त्री बालकृष्ण खाँणले नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यको स्वास्थ्यावस्थाबारे जानकारी लिएका छन्।

आज बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल पुगेर उनीहरुले उपचाररत नेता वैद्यको स्वास्थ्यावस्थाबारे जानकारी लिएका हुन् ।

सो क्रममा गृहमन्त्री खाँणले सरकारको तर्फबाट नेता वैद्यको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै अस्पताल प्रशासन र उनको उपचारमा संलग्न चिकित्सकलाई उपचारमा कुनै कमी नगर्नसमेत आग्रह गरे ।

वैद्यको उपचारमा संलग्न चिकित्सकले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाएका थिए । वैद्यको उपचारमा संलग्न चिकित्सकले उनको स्वास्थ्यमा राम्रो सुधार आएको र बुधबारसम्म डिस्चार्ज गर्न सकिने जानकारी दिएको थियो।

एक्कासी दम बढेर छातीमा पीडा भएपछि उनलाई आइतबार थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो। नेता वैद्य लामो समयदेखि दम रोगबाट पीडित रहेका छन्।

२ कार्तिक २०७८, मंगलवार ११:४७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस