|  

उपाध्यक्ष ढुङ्गाना द्वारा बेबारिसे महिलाको उद्दार गर्न लाग्दा कोरोना पाेजेटिभ भेटियो

२६ जेष्ठ २०७७, सोमबार २२:१९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी गाउँपालिका उपाध्यक्ष सीता ढुङ्गानाको पहलमा डेढ बर्षदेखि गजुरी गाउँपालिका वडा नं.५ घाटबेशि अासपासमा बस्दै अाएकी नाम नखुलेको ३२ बर्षिय महिला लाई उद्दार गरि पुनःस्थापना केन्द्रमा(सुधार केन्द्र)लिएर जान लाग्दा उक्त महिलामा कोरोना पिजेटिभ पाइयो । कोरोना परिक्षण गरेपछि मात्र उपाध्यक्षले कुरा गरेको स्नेही काख पुनःस्थापन केन्द्रले यो समयमा मानसिक सन्तुलन गुमाएको उक्त महिला राख्न सक्ने भनेपछि स्वाव संकलन गरि जेठ २१ गते भरतपुर कोरोना अस्पतालमा पठाइएकोमा सोमबार कोरोना संक्रमण पुष्टि भएको छ। उक्त बेवारिसे महिला को समयमै उद्दार गरि घाटबेशि बासि लाई थप जोखिम बाट बचाइ सुरक्षित राख्न सहयोग गरेकोमा गजुरी गाउँपालिका उपाध्यक्ष सीता ढुङ्गाना लाई स्थानीयले हार्दिक धन्यवाद दिएका छन।
साथै उक्त उद्दार तथा परिक्षणको लागि सहयोग गर्ने स्थानिय समाज सेवि हरु कविता बरुवाल, पदम कुमारी अर्याल लगाएत सम्पुर्ण स्थानिय बासिहरु प्रति उपाध्यक्ष ढुङ्गाना कृतज्ञ भएको र आगामी दिनमा मा पनि यस्तै सहयोगको अपेक्षा गरेको बताउनु भयो ।

२६ जेष्ठ २०७७, सोमबार २२:१९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस