|  

एकीकृत समाजबादी गजुरी ६ को वडा भेला  मा सम्पन्न

१७ आश्विन २०७८, आईतवार १९:४५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजबादी गजुरी ६ को वडा भेला जरे बगैंचामा मा सम्पन्न भएको छ।
भेला बाट गजुरी गाउँपालिका वडा नं ६ मा दुर्गा प्रसाद न्यौपाने अध्यक्ष रहने गरि १६ सदस्य वडा कमिटि गठन गरिएको छ। तेस्तै राजकुमार घिमिरे संयोजक रहने गरि १६ सदस्य युवा संघ गठन गरिएको युवा संघ धादिङको सहसचिव संदिप बस्नेत ले प्रदेश हव लाई जानकारी दिनुभयो।

नेकपा एकीकृत समाजबादी का जिल्ला कमिटी सदस्य तथा क्षेत्रीय इन्चार्ज चुडामणि कडेल को प्रमुख आतिथ्यता मा सम्पन्न भएको कार्यक्रममा गजुरी गाउँपालिकाकी उपाध्यक्ष सीता ढुंगाना तथा जि.क.स तथा गाउँपालिका इन्चार्ज प्रमोद रुपाखेती को बिशेश आतिथ्यता, र जिल्ला कमिटी सदस्य हरु शुक्ल उप्रेती, अर्जुन अर्याल, उपत्यका बिशेश कमिटी सदस्य राजेन्द्र बराल लगाएत को आतिथ्यता रहेको थियो।

१७ आश्विन २०७८, आईतवार १९:४५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस