|  

एकीकृत समाजवादी गजुरी – ४ को अध्यक्षमा हर्क चेपाङ

१३ आश्विन २०७८, बुधबार ०८:२४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


नेकपा एकीकृत समाजवादी गजुरी वडा नम्बर४ को अध्यक्षमा हर्क चेपाङ चयन भएका छन् ।

नेता चुडामणि कंडेलको प्रमुख आतिथ्यता र गजुरी गाउँपालिका उप प्रमुख सीता ढुंगानाको विशेष आतिथ्यतामा मंगलबार सम्पन्न अगुवा कार्यकर्ता भेलाबाट चेपाङको अध्यक्षतामा २३ सदस्य वडा समिति गठन गरिएको नेकपा (एस) धादिङले जनाएको छ । भेलाले कृष्ण तामाङको संयोजकमा २१ सदस्य युवा संघमा गजुरी ४ समेत गठन गरेको छ ।एकिकृत समाजवादीले यश अघि पनि गजुरीका विभिन्न वडा अाफ्नो जनवर्गीय संगठन सँगै संगठन विस्तार गर्दै अाएको छ ।

१३ आश्विन २०७८, बुधबार ०८:२४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस