|  

एनआरएनका खेलाडीले जिते ६ स्वर्ण पदक

१३ बैशाख २०७६, शुक्रबार ०६:५६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं – पहिलो पटक राष्ट्रिय खेलकूद प्रतियोगीतामा सहभागिता जनाएको गैरआवासिय नेपाली संघ (एनआरएन) खेलकूद टोलीले ६ स्वर्णसहित १४ पदक जितेको छ । बिहीबार साँझ राजधानीमा आयोजित खेलाडीको सम्मान कार्यक्रममा सो जानकारी दिइएको हो ।
एनआरएन टोलीले पौडीमा ५ स्वर्ण हात पारेको छ भने एक रजत र एक कास्य पदक प्राप्त गरेको छ । यस्तै लन टेनिसमा १ स्वर्ण र २ कास्य, करातेमा १ रजत र कास्य, बक्सिङमा १ कास्य र जुडोमा १ कास्य पदक प्राप्त गरेको हो । एनआरएन टोलीले लन टेनिस, ब्याडमिन्टन, तेक्वान्दो, जुडो कराते, एडलेटिक्स, पौडीलगायतमा ८ खेलमा सहभागिता जनाएको थियो भने ती प्रतिस्पर्धामा १९ खेलाडी सहभागी भएका थिए ।
एनआरएनले स्वर्ण पदक विजेतालाई १ लाख रजत विजेतालाई ८० हजार र कास्य विजेतालाई ६० हजार नगद र प्रशंशापत्रले सम्मान गरेको छ । यस्तै सहभागी अरु खेलाडीलाई पनि जनही ५० हजार नगद प्रदान गरिएको पत्रकार सम्मेमलनमा जानकारी दिएकाे छ । यस्तै हरेक खेलका प्रशिक्षकलाई २५ हजार र कदरपत्र प्रदान गरिएको एनआरएनले जनाएको छ ।

१३ बैशाख २०७६, शुक्रबार ०६:५६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस