|  

एनसेल टावरमा आगजनी

१६ पुष २०७६, बुधबार ०९:२५ प्रकाशित
पुजन थापा पुजन थापा

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


पुजन थापा
धादिङ । थाक्रे गाउँपालिका वडा नं. ५ स्थित दामेचौरमा रहेको एनसेल टावरमा मंगलबार राती अज्ञात समूहले आगजनी गरिएको छ ।
ईलाका प्रहरी कार्यालय खानिखोलाका अनुसार आगजनीबाट तारहरु र जेनेटर बक्स जलेर नष्ट भएको हो ।
राती अन्दाजी १२ः३० बजे जुटको बोरामा पेट्रोल हालेर टावर आगजनी गरिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । घटनामा सम्लङ्नलाई खोजी कार्यभई रहेको ईलाका प्रहरी कार्यलय खानिखोलाले जनाएको छ ।

१६ पुष २०७६, बुधबार ०९:२५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस