|  

एमाले सांसद गंगा चौधरी : दुई पटक विवाह, दुवैमा सौता 

२८ भाद्र २०७८, सोमबार १३:२१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


आदिवासी थारु समुदायको प्रतिनिधित्व गर्दै उनी प्रतिनिधिसभा सदस्य वनेकी हुन । थरुहट तराई पार्टीबाट नयाँ शक्ति पार्टीमा लागेकी उनी चुनावको मुखमा नेकपा एमालेमा प्रवेश गरिन् र समानुपातिक सांसदको पद सुरक्षित गरिन् ।

नेकपा एमाले केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सांसद गंगा चौधरी कैलालीको साविक प्रतापुर गाविस–६, खमरीयामा जन्मेकी हुन । उनी भागिराम चौधरी र संझनादेवी चौधरीकी छोरी हुन ।  उनको पहिलो विवाह स्थानीय तुलसी चौधरीसंग भएको थियो । ८ कक्षा पढ्दै गर्दा तीन छोराछोरी र श्रीमती भएका तुलसीसँग उनको विवाह भएको थियो ।

पुर्व सांसद मोहनसिह राठौरको स्वकीय सचिव रहेका तुलसीसँग उनले सत्ताको प्रभावमाकै कारण विवाह गरेको चौधरी निकट एक एमाले कार्यकर्ता बताउँछन् । तुलसीले गंगालाई बिहे गरेपछि परिवारमा कलह मच्चियो । गंगाले अन्तिममा तुलसीसंग अंश लिएर केही समय माइतमै बसिन् । तुलसीसंग सम्बन्ध बिच्छेद भएको वर्ष दिन बित्न नपाउँदै गंगाले फेरी अर्को विवाह गरेन।

दोस्रो विवाह गर्दा भने उनी दिदी माथि नै सौता पसिन । २ छोरी १ छोराकी आमा भएकी दिदी हुँदाहुँदै उनले भिनाजु नन्दलाल चौधरीसंग बिहे गरेकी हुन । दाङको राप्ती गाउँपालिका–७ बस्ने नन्दलालसँग विवाह गरेकी उनले दिदीलाई भने दास वनाएर राखेको गाउँलेहरु वताउँछन् ।

पहिलो पतिले छोडेपछि उनले भिनाजुसँग पनि तलवको लोभमा विवाह गरेको वताईन्छ। नन्दलाल प्रहरीको हवल्दार भएकाले जागिरमा छउन्जेल तलव र जागिर छुटेपछि पेन्सन पाउने लोभमा उनी दिदीमाथि सौता पसेको स्रोतको भनाई छ ।

पति उठाउँछन् दोहोरो सुविधा
आफु सांसद भएपछि गंगाले आफनै पतिलाई नन्दलाललाई स्वकिय सचिव बनाएकी छिन् । नन्दलालले स्वकिय सचिव र पेन्सन दुवै तर्फवाट पैसा उठाउने गरेका छन् । तर, पहिलो पत्निलाई भने उनले पनि आर्थिक सहयोग नगर्दा विचल्ली भएको स्थानीयको भनाई छ ।

अधिकार र समानताको चर्को भाषण गर्दै हिड्ने चौधरीको आफ्नै परिवारमा भने चरम अन्याय रहेको स्थानियबासी रुष्ट छन् । सांसद चौधरीले अधिकारको कुरा उठाउँदा परिवारकै सदस्य भने आश्चर्यमा पर्ने गरेका छन् । ‘…लाई भन्दा देख्नेलाई लाज’ भने जस्तो उनको वोली र ब्यवहारका कारण आफुहरु लज्जित हुनु परेको उनीहरु वताउँछन् ।

पार्टीमा झगडा लाउने, नेता रिझाउने
चौधरीले ठुला नेता रिझाउन एक–अर्काको कुरा लगाउने र झगडा लगाउने काम समेत गर्ने गरेको एमालेका नेताहरु वताउँछन् । पहिला एमाले, थरुहट, नयाँशक्ति, हुँदै नेकपामा पुगेकी उनी कहिले माधब र कहिलो प्रचण्ड निकट भईन । अन्त्यमा ओली निकट भएर एमालेमा उपद्रो मच्चाईरहेको उनीहरुको भनाई छ । एमालेमा पनि थारु समुदायबाट आफू नै नेता हो भन्ैद अरुका कुरा काटेपछि सबैसँग सम्बन्ध चिसिएको छ। आफनै पार्टीका नारदमूनी राना देखि शान्ता चौधरीका बारेमा समेत उनले तथानाम भन्दै हिड़ने गरेको एमाले श्रोतको दावी छ।

२८ भाद्र २०७८, सोमबार १३:२१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस