|  

ओईले आधारभूत विद्यालयमा न्यानो कपडा र स्टेसनरी वितरण

१० माघ २०७७, शनिबार ०९:२७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी/धादिङ
धादिङको दक्षिणी भेग अन्तर्गत पर्ने गजुरी गाउँपालिका वडा नं.५ चिसोखोलामा रहेको श्री ओइले आधारभूत विद्यालयमा शुक्रबार न्यानो कपडा वितरण गरिएको छ।शुक्रबार एक कार्यक्रमको बिच ३० जना बालबालिकालाई सुइटर ट्राउजर र स्टेसनरी समेत वितरण गरिएको थियोे ।चिसोबाट बालबालिकालाई जाेगाउनको आफ्नो व्यक्तिगत तर्फबाट न्यानो कपडा वितरण गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष कुमार भण्डारीले जानकारी दिनुभयो ।त्यसैगरी सोही कार्यक्रमका बीच वडा सदस्य रामशरण लामिछानेले स्टेसनरी वितरण गर्नुभएको छ।नयाँ विद्यालय व्यवस्थापन समिति बने सङ्गै नयाँ ढङ्गबाट काम गरि व्यवस्थापन र शैक्षिक रुपान्तरणको क्षेत्रमा परिवर्तन ल्याउने व्यवस्थापन समिति अध्यक्ष कुमार भण्डारीले जानकारी दिनुभएको छ।कार्यक्रममा वडा अध्यक्ष रामचन्द्र मिजार,वडा सदस्य रामशरण लामिछाने ,विद्यालय व्यवस्थापन समितिका पदाधिकारी,अभिभावक, युवा तथा बाल अभियान्ता भुवन भण्डारी लगाएतको उपस्थिति रहेको थियोे ।कार्यक्रममा मन्तव्य राख्ने क्रममा वडा अध्यक्ष रामचन्द्र मिजारले विद्यालयलाई अगाडि बढाउनको लागि हरतरहबाट सहयोग गर्ने प्रतिबद्दता समेत गर्नुभएको छ।

१० माघ २०७७, शनिबार ०९:२७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस