|  

ओलीको नेतृत्वमा बस्न सकिँदैन : वामदेव गौतम

९ आश्विन २०७८, शनिबार १७:१६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं। नेकपा एमालेबाट राजीनामा दिएका नेता वामदेव गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बस्न नसक्ने स्पष्ट पारेका छन्। यसअघि नेता गौतमले दिएको राजीनामा नेकपा एमालेले अस्वीकृत गरेपछि ओलीको नेतृत्वमा बस्न नसक्ने स्पष्ट पारेका हुन्।

उनले भने, राजीनामा अस्वीकृत गर्नुको कुनै अर्थ छैन। केपी ओलीको नेतृत्वमा बस्न नसकिने भन्दै एमालेमा रहन सक्दिनँ भनेको थिएँ, राजीनामा दिएपछि सकियो।’

उनले थपे, ‘मेरो राजीनामा अस्वीकृत गर्ने र केही गरी वामदेवलाई ल्याउन सकियो भने त्यो फिर्ता गर भन्ने केही कुरा केपी ओलीको दिमागमा आयो होला। त्यो अब सम्भव छैन।’

  1. गत भदौ १८ गते नेता गौतमले एमालेबाट राजीनामा दिएका थिए। राजीनामा पत्रमा उनले केपी ओलीमाथि विभिन्न १० वटा आरोप लगाउँदै एमालेमा बस्न नसकिने बताएका थिए।
९ आश्विन २०७८, शनिबार १७:१६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस