|  

ओलीलाई संसदीय दलबाट हटाउने तयारीमा नेपाल समूह

१३ श्रावण २०७८, बुधबार २१:०४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं/नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाउने तयारी गरेको छ ।

आज बसेको २२ सांसदहरूको बैठकले संसदीय दलबाट ओलीलाई हटाउनेबारे छलफल भएको बताएका छन् । नेपाल समूहका नेताहरुको बुधबार बसेको बैठकपछि सांसद मेटमणि चौधरीले संसदीय दलमा पनि बहुमत पुर्‍याउने बताए ।

“ओलीलाइ संसदीय दलको नेताबाट हटाउछौँ,” उनले भने, “अझै केही दिन हेर्छौँ । संसदीय दलमा हामीले बहुमत पुर्‍याएर उहाँलाई हटाउछौँ । हाम्रो पक्षमा बहुमत पुग्छ,” उनले भने,“सरकारमा जाने विषयमा पनि हामी एकमत छौँ ।”

पार्टी एकताको लागि अध्यक्ष ओली र नेता नेपाल समूहबीच वार्ता र चाह्ल्फल चलिरहेका बेला उनीहरूले भने यस्तो तयारी गरेका हुन् । हिमाल पोष्ट डटकमले समाचार लेखेको छ ।

१३ श्रावण २०७८, बुधबार २१:०४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस