|  

कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज ६० जिल्लामा क्षेत्रीय अधिवेशन हुँदै

६ मंसिर २०७८, सोमबार ०९:०२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज ६० जिल्लामा क्षेत्रीय अधिवेशन हुँदैछ । कांग्रेसको केन्द्रीय नेतृत्व चयनका लागि महत्त्वपूर्ण मानिने महाधिवेशन प्रतिनिधिका लागि आज निर्वाचन हुनेछ ।

त्यस्तै क्षेत्रीय अधिवेशनले प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति पनि चयन गर्नेछ । कांग्रेस विधानमा हरेक प्रतिनिधिसभा क्षेत्रबाट २५ जना महाधिवेशन प्रतिनिधि छानिने प्रावधान छ । क्षेत्रीय सभापतिले पनि महाधिवेशन प्रतिनिधि समेतको भूमिका पाउनेछन् ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार आज करिब १ सय ४५ निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुनेछ । एकमात्रै प्रतिनिधिसभा क्षेत्र भएका जिल्लामा क्षेत्रीय कार्यसमिति भने गठन हुनेछैन । ती जिल्लामा महाधिवेशन प्रतिनिधि र जिल्ला कार्यसमितिका लागि निर्वाचन हुनेछ ।

६ मंसिर २०७८, सोमबार ०९:०२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस