|  

कांग्रेस धादिङको नेतृत्व चयनको लागि आज चुनाव हुँदै, दुई समुह बीच कडा प्रतिपर्धा

११ मंसिर २०७८, शनिबार ०९:३३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ /नेपाली कांग्रेस धादिङको १४ धौं जिल्ला अधिबेशन अन्र्तगत आज निर्वाचन हुने भएको छ । ६७ पदका लागि निर्वाचन हुने यस अधिवेशनमा भिम प्रसाद ढुङ्गाना र रामनाथ अधिकारी समुह बीच प्रतिपर्धा हुने भएको छ । धादिङको संघीय क्षेत्र र प्रदेश क्षेत्रको अधिवेशन सम्पन्न भए सँगैआज कांग्रेसले जिल्ला अधिवेशन गर्न लागेको हो ।

सभापतिका उम्मेदवार भिम ढुङ्गाना प्यानलबाट उप सभापतिमा शेर बहादुर तामाङ र झंकनाथ भट्ट, सचिवमा राजु पाख्रिन र राजेन्द्र अधिकारी, सहसचिवमा हरि प्रसाद खतिवडा र विजयकुमार पाख्रिन रहेका छन् भने सभापतिका अर्का उम्मेदवार रामनाथ अधिकारी समुहबाट उप सभापतिमाद्वय गेहेन्द्र मल्ल र दलबहादुर अधिकारी, सचिवमाद्वाय रामकृष्ण पाण्डे र विकास श्रेष्ठ, सहसचिवमाद्वय नवराज तिमल्सिना र क्रान्ति डल्लाकोटीले उम्मेदवारी दर्ता गराएका छन् ।

२१९७ जना प्रतिनीधि मतादाताले मतदान गर्ने कांग्रेस धादिङको जिल्ला अधिवेशनमा जिल्ला कार्यसमितिमा पदाधिकारी ७ र सदस्य ४८ गरि ५५ जना र केन्द्रीय महाधिवेशन प्रतिनिधि ९अपांगता भएका व्यक्ति १ र प्रदेश अधिवेशन प्रतिनिधि १ गरि ५७ पदका लागि निर्वाचन हुन्छ ।
सभापति -१
उपसभापति -२
सचिव -२
सह-सचिव -२

जिल्ला कार्यसमिति सदस्य
प्रत्यक्ष – २८
क. गाउँपालिकाबाट १ महिला १ खुल्ला(११गाउँपालिका ×२)= २२
ख. नगरपालिकाबाट १ महिला २ खुल्ला(२ नगरपालिका×३)= ६
समानुपातिक -२०
क. खसआर्य ३ महिला ३ खुल्ला -६
ख. आदिवासी जनजाति ५ महिला ६ खुल्ला -११
ग. दलित १ महिला १ खुल्ला – २
घ. अल्पसंख्यकरअपांगता भएका१ – १

साभार : धादिङ पोष्ट डटकमबाट

११ मंसिर २०७८, शनिबार ०९:३३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस