|  

काठमाडौ इन्जिनियरिङ कलेज अनेरास्ववियुको संयोजकमा सन्देश राउत चयन भएका छन

२३ श्रावण २०७७, शुक्रबार २१:३९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


लामो समय देखि नेतृत्वबिहिन रहेको अनेरास्ववियु काठमाडौ इन्जिनियरिङ कलेज क्याम्पस कमिटी ले पुर्णता पाएको छ । संयोजक मा सिभिल सन्काय मा अध्यनरत सन्देश राउत चयन भएका छन भने सह-संयोजक मा कम्प्युटर सन्काय मा अध्यनरत विवेक खरेल चयन भएका छन ।उक्त क्याम्पसमा २०७३ साल पश्चात् सम्मेलन हुन सकेको थिएन। अनेरास्ववियु काठमाडौ इन्जिनियरिङ कलेज ले नया उचाइ चुम्ने लक्ष्य सहित संयोजक र सह-संयोजक चयन गरिएको संगठनका उपाध्यक्ष अभय मान सिंह बस्नेत र सचिव सन्देश पाण्डे ले जानकारी दिनु भयो ।तर अनेरास्ववियु का अध्यक्ष पुर्ण खड्काले भने हाल अनेरास्ववियु अनेरास्ववियु( क्रान्तिकारी ) एकता प्रक्रिया चलिरहेकोले गुटबन्दी हिसावले मलाइ थाहा नै नदिइ संयोजक रसह संयोजक तोकेको मा आपत्ति जनाएका छन । 

२३ श्रावण २०७७, शुक्रबार २१:३९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस