|  

कारोना महामारीको बेला बालबालिकाको मानसिक स्वास्थ्य र मनोविमर्शमा ध्यान दिन जरुरी

१५ जेष्ठ २०७८, शनिबार १८:१८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


जेठ१५/२०७८
बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्चले बालिका अधिकारका लागि राष्ट्रिय सञ्जाल, जागृति बाल तथा युवा सरोकार नेपाल, समाजिक सुरक्षा नागरिक समाजको संयोजन तथा वोल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा भरच्यूल माध्यमबाट विपद्को समयमा बालबालिकाको मानसिक स्वास्थ्य र मनोविमर्श सम्बन्धी अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ।
विपद्को समयमा बालबालिकाहरुमा मानसिक असर पर्न सक्ने सम्भावना प्रवल रहेको हुनाले मनोविमर्श तथा घर , परिवार र छरछिमेकमा बालमैत्री व्यवहारको आवश्यक्तालाई मध्यनजर गर्दै आयोजना गरिएको यस कार्यक्रम सहजीकरण अध्यक्ष तिलोत्तम पौडेलले गर्नुभएको थियो भने कार्यक्रममा बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्चका प्रतिनिधि मोहन दङ्गालले स्वागत मन्तव्य तथा उद्देश्य माथी प्रकाश पार्नुभएको थियो ।
अभिमुखिकरणमा विकासका साझेदार संस्थाहरु, बाल अधिकारको लागी कार्यरत संजालहरु , नागरिक संघसंगठन , विभिन्न जिल्लाका बाल क्लव प्रतिनिधिहरु तथा स्थानीय संस्थाहरु गरि १०० जनाको सहभागिता रहेको थियो । मनोविमर्शकर्ता मनिता धरेलले बालबालिकामाथी विपत तथा महामारीमा पर्न सक्ने मानसिक समस्या र मनोविमर्श सेवाको बारेका प्रस्तुतीकरण गर्दैे कार्यक्रममा विद्यालय बन्द हुनु , अनलाइन शिक्षामा पहुँच कमि , अभिभावकको व्यवस्ता वा चाहिने भन्दा धेरै संरक्षण, इन्टरनेटमा असुरक्षा, कोरोना महामारीको संक्रमण, खेल्नको लागी प्रतिबन्ध गर्नु तथा विभिन्न गलत अभ्यासहरुले बालबालिकामा मनोसमाजिक समस्याको जोखिम बढाइरहेको भन्दै सरोकारवालाहरुले कोरोना महामारीको समयमा बालबालिकाको मानसिक स्वास्थ्यमा विशेष ध्यान दिनु पर्ने बताउनुभएको थियो ।
कार्यक्रमको अन्तिममा राष्ट्रिय बाल अधिकार परिषद्का राम बहादुर चन्दले जोखिममा परेका बालबालिकाको संरक्षणमा परिषद् प्रतिबद्ध रहेको बताउनु भएको थियो।

१५ जेष्ठ २०७८, शनिबार १८:१८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस