|  

कोपा अमेरिका अर्जेन्टिनाले जित्योस : स्वारेज

१५ असार २०७६, आईतवार ११:२९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


एजेन्सी, असार १५
उरुग्वे कोपा अमेरिका फुटबलको क्वार्टरफाइनलबाट आउट भयो । गत राति भएको खेलमा उरुग्वेलाई पेरुले पेनाल्टी सुटआउटमा ५–४ ले निराश बनायो । उरुग्वे बाहिरिनुमा स्वारेज को पेनाल्टि बाट गोल गर्न नसकेसी बाहिरीनु पुग्यो । उरुग्वेका लागि पहिलो पेनाल्टी हानेका उनी पेनाल्टीमा चुकेपछि पेरुले आफ्नो पक्षमा नतिजा निकाल्दै उरुग्वेलाई घरको बाटो देखायो ।

आफूले पेनाल्टी गरेकै कारण आफ्नो टिम प्रतियोगिताबाट आउट भएपछि स्वारेज मैदानमै घोप्टो परेर राए । भावुक बनेर मैदानमै लडे । उनलाई सबै सहकर्मीले पालो–पालो सम्झाए । डिफेन्डर डिएगो गोडिनले सँगै च्यापिराखे । तर, स्वारेजको मन थामिएन । टिम हारेपछि उनले मैदान छाड्दा पनि रुँदै छाडे, गोडिनलगायत खेलाडीले उनलाई समाएरै मैदानबाट लिएर गए ।

खेलपछि मिडियाले स्वारेजसँग प्रतिक्रिया मागे । सुरुमा प्रतिक्रिया दिन नमानेका उनले पछि बोले । सोक्रममा उनले आफ्नो कारणले टिम आउट भएकोमा स्वारेजले देश र फ्यानहरूका नाममा माफी मागे । ‘यो निकै पीडादायी समय हो । म फ्यानहरूप्रति क्षमा माग्न चाहन्छु,’ स्वारेजले भने, ‘हामीले यो खेल हार्नुपर्ने थिएन । हामी जितको हकदार थियौं । तर, हामी असफल भयौं ।’

स्वारेजले अब कोपा अमेरिका अर्जेन्टिनाले जितेको आफूले हेर्न चाहेको बताए । अर्जेन्टिनाका लिओनल मेस्सी र स्वारेज घनिष्ट मित्र हुन्, जो बार्सिलोनाबाट सँगै खेल्छन् । स्वारेज र मेसि ।आफ्नो टिम बाहिरिएपछि स्वारेजले मेस्सी र उनको टिमलाई च्याम्पियन बन्ने शुभकामना दिए । ‘अब म अर्जेन्टिनाले उपाधि जितेको हेर्न चाहन्छु । मेस्सी र उनको टिमलाई गुड लक भन्न चाहन्छु ।’

१५ असार २०७६, आईतवार ११:२९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस