|  

कोरोना अपडेट– आज धादिङमा २८ जना संक्रमित थपिए, ५६ जना घर फर्किए

१५ श्रावण २०७८, शुक्रबार १९:३४ प्रकाशित
रोशन नेपाल

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा २८ जना सक्रिय संक्रमित थपिएका छन्, भने ५६ जना कोरोना संक्रमितहरु निको भई घर फर्किएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय धादिङले दिएको जानकारी अनुसार आज थपिएका संक्रमितहरुमा सिद्धलेकमा १, धादिङ अस्पतालमा २५ र बेनीघाट रोराङमा २ गरी २८ जना छन् ।

जिल्लाको सक्रिय केस ५२५ जना पुगेको छ । जिल्लामा अस्पतालको आईशोलेसनमा १३, संस्थागत आईशोलेसनमा ४ र होम आईशोलेसनमा ५०८ जना रहेको छन् ।

आज जिल्लामा कुनै स्वाब संकलन भएको छैन ।

१५ श्रावण २०७८, शुक्रबार १९:३४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस